अबैध रुपमा नेपाल ल्याउन खोजिएका हार्डवेयर र किरानाका सामानहरु सशस्त्र प्रहरीद्वारा बरामद

अबैध रुपमा नेपाल ल्याउन खोजिएका हार्डवेयर र किरानाका सामानहरु सशस्त्र प्रहरीद्वारा बरामद

  • सोमवार, साउन १२, २०७७
  • डम्मर राज भट्ट

  • 22.3K
    SHARES

कन्चनपुर, १२ साउन । कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्रमा पुनर्वासमा भारतबाट अबैध रुपमा नेपाल ल्याउन खोजिएका हार्डवेयरका सामानहरु सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।
सोमबार विहान सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट बेलौरीबाट खटिएको मोबाइल गस्ती टोलीले बेवारिसे अवस्थामा रहेको अन्दाजी १ लाख १० हजार ४ सय मुल्य बराबरको हार्डवेयरका सामानहरु बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट बेलौरीका प्रमुख सशस्त्र प्रहरी निरीक्षक रोशन राज नाथले बताएका छन् ।

उनका अनुसार पुनर्वास नगरपालिका वडा नम्बर ६ ङ गाउँ नजिकै दशगजा बोर्डर इलाकाको जामुनघारीमा २ वटा साइकलमा लोड गरी लुकाई बेवारिसे अवस्थामा लुकाई राखेको फलामका विभिन्न सामग्री सहित हार्डवेयरका सामानहरु बरामद गरिएको हो । बरामद गरिएका समान कैलालीको त्रिनगर भन्सार कार्यालयमा पठाइएको सशस्त्र प्रहरी बल ३५ नम्बर गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक वीर सिंह शाहुले बताए ।

त्यस्तै, गरी सशस्त्र प्रहरी बल ३५ नम्बर गणबाट खटिएको सशस्त्र प्रहरी टोलिले लालझाडी गाउँपालिका वडा नम्बर ३ कालागौडीमा हार्डवेयर तथा किराना सामान बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल ३५ नम्बर गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक वीर सिंह शाहुका अनुसार ८२ हजार मूल्य बराबरका हार्डवेयर तथा किरानाका समान बरामद गरिएको हो । बरामद गरिएका समान गड्डाचौकी भन्सार बुझाइएको सशस्त्र प्रहरी उपरीक्षक शाहुले जानकारी दिनु भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ