प्रहरी प्रमुख एसपीसहित स्याङ्जाका १८ जना प्रहरीमा कोरोना पुष्टि

प्रहरी प्रमुख एसपीसहित स्याङ्जाका १८ जना प्रहरीमा कोरोना पुष्टि

  • सोमवार, साउन १२, २०७७
  • मिर्मिरे अनलाइन

  • 9.7K
    SHARES

स्याङ्जा , १२ साउन । स्याङ्जाका प्रहरी प्रमुख एसपीसहित १८ जना प्रहरी कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जसमध्य एक जना महिला कर्मचारी रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले विज्ञप्तिमा जनाएको छ ।

साउन ७ गते प्रहरीमा एकाएक ज्वरो आउने र रुघा लाग्ने भएपछि साउन ८ गते स्वाब संकलन गरी परीक्षणका लागि पोखरा पठाइएको थियो । ९८ जना प्रहरी र हिरासतमा रहेका ४ जना गरी १०२ जनाको स्वाब संकलन गरी परीक्षणका लागि पठाइएकोमा ४० जनाको मात्र रिपोर्ट आएको स्वास्थ्य कार्यालय स्याङ्जाका प्रमुख यामप्रसाद शर्माले जानकारी दिए । यसअघि स्याङ्जामा कार्यरत ३ जना प्रहरीमा पनि कोरोना देखिएको थियो । तीन जना कार्यालयभित्रै नै सुरक्षित तवरले बसेका छन् ।

‘कोरोना भित्रभित्रै ब्यारेकमा सरिसकेको रहेछ,’ शर्माले भने, ‘खासै लक्षण नदेखिएपछि चेक गरिँदैन । प्रहरीको हकमा भने रुघा र ज्वरो लक्षण देखिएको थियो ।’

संक्रमित सबै जनालाई पुतलीबजारस्थित करेन्डाँडा र हेलुस्थित कालिका अस्पतालको आइसोलेसन सेन्टरमा लैजाने तयारी भइरहेको शर्माले बताए । ‘एसपी साबलाई भने आफ्नै निवासमा बस्न दिने कुरा भएको छ’ उनले थपे, ‘स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा रहनुहुनेछ ।’

यसैगरी सोमबार मणिपाल शिक्षण अस्पतालमा कार्यरत चिकित्सकलाई पनि कोरोना पोजिटिभ देखिएको छ । अर्का एक स्वास्थ्यकर्मीमा पनि कोरोना देखिएको छ ।
क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा सोमबार २२ जनालाई कोरोना पोजिटिभ देखिएको छ । जसमध्ये पोखराका २ र लमजुङका २ जना रहेका छन् । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या एक हजार ३ सय ९९ पुगेको छ ।

आइतबार प्रहरी प्रधान कार्यालय काठमाडौंका १३ र प्रदेश प्रहरी कार्यालय विराटनगरका १९ जना प्रहरीमा कोरोना पुष्टि भएको थियो ।
पछिल्लो समय सुरक्षाकर्मी र स्वास्थ्यर्काीमा कोरोना संक्रमणको दर बढिरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ