आज एक सय ३९ जना संक्रमित थपिए

आज एक सय ३९ जना संक्रमित थपिए

  • सोमवार, साउन १२, २०७७
  • मिर्मिरे अनलाइन

  • 7.3K
    SHARES

काठमाडौँ साउन १२ । नेपालमा पछिल्लो २४ घण्टामा देशभरी १ सय ३९ जना कोरोना संक्रमित थपिएका छन् । देशभरका २७ वटा प्रयोगशालामा भएका परीक्षणमा ती संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
यो सगैँ हालसम्म संक्रमितको संख्या १८ हजार ७५२ पुगेको छ ।

आज सबैभन्दा बढी दैलेखमा २८ सङ्क्रमित फेला परेका छन् ।

यस्तै सप्तरीमा २१, पर्सामा १८, धनुषा र महोत्तरीमा १०-१०, बैतडीमा चार, ललितपुर, काठमाडौँ र कास्कीमा तीन-तीन, पर्सा र सल्यानमा दुई-दुई तथा सिरहा, काभ्रेपलाञ्चोक, बाँके, रुपन्देही र सुर्खेतमा एक-एक जनामा सङ्क्रमण देखा परेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ६२६ जना कोरोना सङ्क्रमणमुक्त भएर डिस्चार्ज भएको मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिनुभयो । यससँगै कोरोना सङ्क्रमण जितेर घर फर्कनेको सङ्ख्या १३ हजार ७५४ पुगेको छ । जुन कूल सङ्क्रमितको ७३।५ प्रतिशत हो ।

हालसम्म प्रदेश नं १ बाट ७८९, प्रदेश नं २ बाट दुई हजार ९७२, बागमती प्रदेशबाट ५१७, गण्डकी प्रदेशबाट एक हजार २०४, प्रदेश नं ५ बाट तीन हजार ९१०, कर्णाली प्रदेशबाट एक हजार ६०८ र सुदूरपश्चिम प्रदेशबाट दुई हजार ७५४ जनाले कोरोना भाइरसलाई परास्त गरेका छन् । प्रदेश नं १ को सङ्खुवासभा, भोजपुर र पाँचथर, बागमती प्रदेशको रसुवा तथा गण्डकी प्रदेशको मनाङ र मुस्ताङमा कोरोनाका सक्रिय सङ्क्रमित नरहेको उहाँले जानकारी दिनुभयो ।

प्रदेश नं २ को रौतहट र सुदूरपश्चिम प्रदेशको कैलालीमा अझै पनि ५०० बढी सक्रिय सङ्क्रमित उपचाररत छन् । सक्रिय सङ्क्रमितको सङ्ख्या प्रदेश नं १ मा १९५, प्रदेश नं २ मा एक हजार ९११, बागमती प्रदेशमा ४०२, गण्डकी प्रदेशमा २४४, प्रदेश नं ५ मा ३५३, कर्णाली प्रदेशमा ३७५ र सुदूरपश्चिम प्रदेशमा एक हजार ७४० छ । कोभिड–१९ सङ्क्रिमत १६ हजार ३७९ जना मुलुकका विभिन्न स्थानमा बनाइएको क्वारेन्टिनमा छन् ।

तर सक्रिय संक्रमित अर्थात आईसोलेसनमा भने ४ हजार ९ सय ५० जना मात्र रहेका छन् । बाँकी १३ हजार ७ सय ५४ डिस्चार्ज भईसकेका छन् । आज मात्रै ६ सय २६ जनाले कोरोना जीतेका थिए ।
यस्तै बीरगञ्ज र जनकपुरमा गरी थप दुई जनाको कोरोनाका कारण ज्यान गएको मन्त्रालयले पुष्टी गरेको छ । बीरगञ्जमा एक जना ६० बर्षीय भारतीय व्यापारी र जनकपुरमा ३८ बर्षीय युवाको कोरोनाले ज्यान लिएको डा. गौतमले बताए ।
यस्तै आजै मात्र शिक्षण अस्पतालमा बाराका एक जनाको ज्यान गएको थियो । कोरोनाले मृत्यु हुनेको संख्या ४८ पुगेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ