मणिपाल अस्पतालका डाक्टरलाई कोरोना संक्रमण

मणिपाल अस्पतालका डाक्टरलाई कोरोना संक्रमण

  • सोमवार, साउन १२, २०७७
  • मिर्मिरे अनलाइन

  • 7.7K
    SHARES

काठमाडाैं, १२ साउन । पोखराको मणिपाल शिक्षण अस्पतालमा कार्यरत एकजना चिकित्सकमा कोरोना भाइरस संक्रमण देखिएको छ। अस्पतालमै आवाशीय चिकित्सकमा सोमबार कोरोना पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।

२९ वर्षीय चिकित्सक मणिपालमै एमडीसमेत पढिरहेका छन्। सुरक्षा सकर्तता अपनाउँदै पेशामा खटिएका ती पुरुष चिकित्सकमा कसरी कोरोना सर्‍यो भन्ने यकिन नभएको बताइएको छ ।

उता, विराटनगरको विराट नर्सिङ होम एवं विराटनगर अस्पताल प्रालिमा कार्यरत चार जना महिला स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ।  चार जना स्टाफ नर्समा कोरोना रिपोर्ट पोजेटिभ देखिएसँगै नर्सिङ होममा आवद्ध संक्रमितको संख्या पाँच पुगेको छ। ६५ वर्षीय चिकित्सकमा गत मंगलबार कोरोना संक्रमण देखिएपछि अस्पतालमा कार्यरत अरु कर्मचारी र स्वास्थ्यकर्मीको पनि पीसीआर परीक्षणका लागि शुक्रबार स्वाब संकलन गरिएको थियो।

पहिलो चरणमा परीक्षण गरिएका ५८ जना मध्ये चार जनाको रिपोर्ट पोजेटिभ आएको विराटनगर महानगरपालिका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले बताए। ५४ जनाको रिपोर्ट नेगेटिभ आएको जानकारी उनले दिए।

आइतबार पोजेटिभ रिपोर्ट आएकाहरुमा क्रमशः २१, ३०, ३१ र ५६ वर्षीया स्टाफ नर्स रहेका छन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ