स्वास्थ्य मापदण्ड पूरा गरेर मात्रै सवारी सन्चालन गर्न राष्ट्रिय जनमोर्चा दाङकाे आग्रह

स्वास्थ्य मापदण्ड पूरा गरेर मात्रै सवारी सन्चालन गर्न राष्ट्रिय जनमोर्चा दाङकाे आग्रह

  • सोमवार, साउन १२, २०७७
  • मिर्मिरे अनलाइन

  • 8.8K
    SHARES

दाङ, १२ साउन । राष्ट्रिय जनमोर्चा दाङले सार्वजनिक यातायातले असावधानीपूर्वक सन्चालन गरि चर्को भाडा असुलेको भन्दै आपत्ती जनाएको छ ।

जनमोर्चा दाङका अध्यक्ष गणेश आचार्यले विज्ञप्ति जारी गरी सवारी साधनहरुमा असाबधानी पुर्बक चर्को भाडा लिएर असुरक्षित तरिकाले यात्रु ओसार पसार गरेको प्रती गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।

सो विषयमा आजै प्रमुख जिल्ला अधिकारी गोबिन्द रिजाल लाई भेटी यो अबस्थाको बारेमा ध्यानाकर्षण गराएको पनि जानकारी दिए ।

गाडीमा सुरक्षा सामग्रीको प्रयोग नगर्ने तथा भौतिक दुरि कायम नगरी सन्चालनमा आएकोले यो जोखिमपूर्ण रहेको उनले बताए ।

त्यसैले यो विषयमा सरकार , यातायात व्यावसायि र सबन्धित निकायको गम्भीर ध्यानाकर्षण होस र सम्पुर्ण मापदण्ड पूरा गरि संक्रमणको सम्भावना लाई रोक्ने गरि यात्रुहरुलाइ यात्रा गराउन पनि पार्टीले माग पनि गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ