कोरोना भाइरसका कारण धनुषामा एक पुरुषको मृत्यु

कोरोना भाइरसका कारण धनुषामा एक पुरुषको मृत्यु

  • आइतवार, साउन ११, २०७७
  • मिर्मिरे अनलाइन

  • 7.7K
    SHARES

धनुषा , ११ साउन ।
धनुषाको शहिदनगर नगरपालिका डुमरीयाका ३८ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु भएको छ।

यो सगै देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ४७ पुगेको छ।

जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उपचारपछि विपि कोइराला विज्ञान प्रतिष्ठान लैजाँदै गर्दा बाटोमै मृत्यु भएको कोभिड १९ विशेष अस्पताल जनकपुरधामका प्रमुख डा. जामुन सिंहले जानकारी दिए।
करिब एक हप्तादेखि कोरोनाको लक्षण देखिएकोमा उनलाइ शनिबार प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो।
अस्पतालमा ल्याएपछि स्वाब परिक्षण गर्दा उनको रिपोर्ट पोजेटिभ आएको हो।
संक्रमित उनमा कुनै प्रकारको दिर्घ रोग नदेखिएको डा. सिंहले बताए। कोरोनाबाट धनुषामा पहिलो व्यक्तिको मृत्यु भएको हो।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ