वडाध्यक्ष महरामाथि साँघात्मिक हमलाबिरुद्ध वडा कार्यालय बन्द, दोषि उपर कार्बाही गर्न नेकपा शुक्लाफाँटाद्वारा माग

वडाध्यक्ष महरामाथि साँघात्मिक हमलाबिरुद्ध वडा कार्यालय बन्द, दोषि उपर कार्बाही गर्न नेकपा शुक्लाफाँटाद्वारा माग

  • आइतवार, साउन ११, २०७७
  • डम्मर राज भट्ट

  • 8.2K
    SHARES

कञ्चनपुर, ११ साउन । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ८ नम्बर वडा कार्यालयले वडाध्यक्ष बहादुर सिह महरामाथि साँघात्मिक हमला भएको जनाएको छ । वडा कार्यालयले आइतबार एक प्रेस विज्ञप्ती जारी गरि गर्दै दरुण दलका वडा सभापति नारद सिह ठगुन्ना नेतृत्वको १५/२० समुह कार्यालय प्रवेस गरेर पुर्व योजना बमोजिम हमला गरेको जनाएको हो ।

राष्ट्रिय परिचय पत्र कार्यक्रम वितरण दर्ता, प्रधानमन्त्री स्वरोजगार कार्यक्रमको निवेदन संकलन, समाजिक सुरक्षा भत्ता नविकरण, नियमित काम चलिरहेका बेला वडाध्यक्ष महरामाथि ज्यान मार्ने उदेश्यले गरिएको हमलाबाट वडाध्यक्ष घाईते भएको जनाईएको छ । ‘वडाध्यक्ष महरामाथि चोट लाग्नुका साथै कार्यालयमा पूर्ण क्षति भएको छ, ‘विज्ञप्तीमा भनिएको छ, ‘सेवाग्राहीलाई समेत चोट लागेको छ ।’

वडा सचिव चन्द्र चौधरीले हस्ताक्षरित गरिएको विज्ञप्तीमा दोषि उपर कार्बाही नहुन्जेलसम्म शान्ति सुरक्षाको ग्यारेन्टी नभएसम्म वडा कार्यालय बन्द रहने जनाएको छ ।

नेकपा शुक्लाफाँटा नगर कमिटीले समेत घटनाको भत्र्सना गरिएको छ । नेकपा शुक्लाफाँटा नगरका अध्यक्ष भक्तराज जोशी र सचिव देवदत्त भट्टले हस्ताक्षर गरेको विज्ञप्तीमा ज्यान लिने उदेश्यले साँघात्मिक हमला गर्नेमाथि कार्बाहीको माग गरिएको छ ।

तर, घटनाको चौतर्फि बिरोध तथा भत्र्सना भईरहेको छ। स्वयम काँग्रेस नेता कार्यकर्ताले समेत बिरोध गरेका छन् । कार्यालयमै गएर दादागिरीशैलीमा हातपात गर्नु निन्दनिय भएको टिप्पणी गरिएको छ । इलाका प्रहरी कार्यालय झलारीले घटना बारे अनुसन्धान भईरहेको जनाएको छ । घटनामा संलग्न वडा सभापति नारद सिह ठगुन्ना सहित ६ जनालाई पक्राउ गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ