वीरगन्जको कोरोना अस्पतालमा आइतबार बिहान मृत्यु भएका भारतीय नागरिकमा कोरोना पुष्टि !

वीरगन्जको कोरोना अस्पतालमा आइतबार बिहान मृत्यु भएका भारतीय नागरिकमा कोरोना पुष्टि !

  • आइतवार, साउन ११, २०७७
  • मिर्मिरे अनलाइन

  • 9.2K
    SHARES

वीरगन्ज , ११ साउन । नारायणी अस्थायी कोरोना अस्पतालमा आइतबार बिहान मृत्यु भएका ६५ वर्षीय भारतीय नागरिकको पीसीआर रिपोर्ट पोजिटिभ आएको छ ।

आइतबार बेलुका नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा मृतकको पीसीआर रिर्पोेट पोजेटिभ आएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा। मदनकुमार उपाध्यायले बताउनुभयो । शनिबार उनको स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको थियो ।

वीरगन्जको आदर्शनगरस्थित रुंगटा मार्केटमा मालाको पसल व्यवसाय गरिरहेका ती भारतीय नागरिकको आइतबार बिहान करिब पौने ६ मा मृत्यु भएको थियो ।
कोरोना अस्पतालका इन्चार्ज डा।निरजकुमार सिंहले ती व्यवसाय मुटुरोगी र उनमा मधुमेह पनी रहेको बताए । थिए । उनमा मधुमेहसमेत थियो ।

शनिबार दिउँसो ज्वरो, खोकी, स्वासप्रस्वासमा समस्या लिएर नारायणी अस्पतालको आकस्मिक विभागमा आएका व्यवसायीको आकस्मिक कक्षमै आरडीटी परीक्षण गरिएको थियो , जसको नतिजामा एन्टीबडी पोजिटिभ आएपछि स्वाब संकलन गरि राति करिब ८ बजे कोरोना अस्पताल रेफर गरिएको थियो । उपचारको क्रममा आइतबार बिहान उनको मृत्यु भएको थियो ।’

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ