बिजुलीको नाङ्गो तारद्वारा प्रवाह भइरहेको करेन्ट लागेर ट्याक्सी चालकको मृत्यु

बिजुलीको नाङ्गो तारद्वारा प्रवाह भइरहेको करेन्ट लागेर ट्याक्सी चालकको मृत्यु

  • आइतवार, साउन ११, २०७७
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

ताप्लेजुङ, ११ साउन । करेन्ट लागेर ट्याक्सी चालकको ज्यान गएको छ । बिजुलीको नाङ्गो तारले छोएको ट्रकलाई अचानक छुँदा करेन्ट लागेर पाथीभरा याङ्वरक गाउँपालिका–१ नाङखोल्याङका २७ वर्षीय ट्याक्सी चालक विकास सुनुवारको आज ज्यान गएको हो । सुनुवार मे १ ज ३०११ नम्बरका ट्याक्सी चालक हुन् ।

दोभान–बहानन्दे सडकखण्डमा दोभान बजारबाट सदरमुकाम फुङलिङतर्फ आइरहेको मे १ ख १८६५ नम्बरको ट्रकलाई बिजुलीको नाङ्गो तारले छुँदा करेन्ट प्रवाह भइरहेको थियो । करेन्ट लाग्नासाथ ट्रकका चालक पाँचथरको भारपाका ३५ वर्षीय अमृत श्रेष्ठ गम्भीर घाइते भएको कार्यालय ताप्लेजुङ प्रमुख तथा प्रहरी नायब उपरीक्षक महेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी