काठमाडौं साउन ११ । नेपालमा आज देशभरबाट गरी एक सय ३० जना कोरोना संक्रमित थपिएका छन् भने ७५ जना निको भएर घर फर्किएका छन् । देशभर २७ वटा प्रयोगशालामा भएको परीक्षणमा ती संक्रमित थपिएका हुन् ।
आज थपिएकासगैँ संक्रमितको संख्या १८ हजार ६ सय १३ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
ती मध्य ५ हजार ४ सय ४० जना आईसोलेसनमा रहेका सक्रिय संक्रमित छन् ।
निके हुनेको कुल संख्या १३ हजार एक सय २८ पुगेको छ । आज मात्रै ७५ जना डिस्चार्ज भएको डा. गौतमले जानकारी दिए ।
अहिलेसम्म १७ हजार नौ सय ३ क्वारेन्टाइनमा राखिएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline