स्कारपियोको ठक्करले घाइते भएका मध्य उपचारका क्रममा २ जनाको ज्यान गयो

स्कारपियोको ठक्करले घाइते भएका मध्य उपचारका क्रममा २ जनाको ज्यान गयो

  • आइतवार, साउन ११, २०७७
  • मिर्मिरे अनलाइन

  • 4K
    SHARES

दाङ , ११ साउन ।लमही– भालुवाङ सडक खण्डको राप्ती गाउँपालिकामा भएको सवारी दुर्घटनामा गम्भीर घाइते भएका मध्ये २ जनाको ज्यान गएको छ ।
लमही– भालुवाङ सडक खण्डको राप्ती गाउँपालिका– ४ पिपरीचोकमा पुर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा २० च ५७४४ नम्बरको स्कारपियोले शनिबार बेलुका ठक्कर दिँदा घाइते २ जनाको ज्यान गएको हो ।
घाइते भएका ५० वर्षीय गाउँका अगुवा राजकुमार चौधरी र सोही गाउँका रेमलाल चौधरीका ८ वर्षीय छोरा निसान चौधरीको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता सुमित खड्काले जानकारी दिए ।

गाउँका अगुवा राजकुमार चौधरीको कोहलपुरमा र बालक निसानको बुटवलमा उपचारको क्रममा मृत्यु भएको खड्काले बताए । सोही घटनामा परेर घाइते अन्य ३ जनाको बुटवलमा उपचार भइरहेको छ ।

घाइते राप्ती गाउँपालिका–८ पिपरीका ७ वर्षकी बालिका सृष्टि गुरूङ, २२ वर्षकी गौरी चौधरी र उनकी २ वर्षकी छोरी लक्ष्मी चौधरी रहेका छन् ।
गुरही सेलाउने क्रममा स्कारपियो जिपले ठक्कर दिदा दुर्घटना भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ