आरडीटी पोजेटिभ देखिएका एक भारतीय नागरिकको बीरगञ्ज कोभिड अस्पतालमा आज मृत्यु, पिसिआर नतिजा आउन बाँकी

आरडीटी पोजेटिभ देखिएका एक भारतीय नागरिकको बीरगञ्ज कोभिड अस्पतालमा आज मृत्यु, पिसिआर नतिजा आउन बाँकी

  • आइतवार, साउन ११, २०७७
  • दीपक चौरासीया

  • 10.7K
    SHARES

साउन ११ बीरगञ्ज । बीरगञ्जमा आज कोरोनाको परीक्षणमा आरडीटी पोजेटिभ देखिएका एक भारतीय नागरिकको मृत्यु भएको छ ।
शनिबार दिउँसो एक्कासी स्वास्थ अवस्था खराब भएपछि नारायणी अस्पतालको ईमर्जेन्सीमा भर्ना भएका वृद्धको पिसिआर परिक्षणका लागि स्वाब संकलन गरिएको थियो । वृद्धको अवस्था जटिल हुन लागेपछि नारायणी अस्पतालबाट वीरगञ्ज हेल्थ केयर अस्पतालमा भर्ना गराइएको थियो ।

वीरगञ्ज हेल्थ केयरमा वृद्धिको आरडिटी परिक्षण गर्दा पोजेटिभ रिपोर्ट आएपछि शनिबार राति करिब ८ बजे हेल्थ केयरबाट नारायणी अस्पताल अस्थायी कोभिड गण्डक अस्पतालमा सिफ्ट गरेर भेन्टिलेटरमा राखिएको थियो । उनको आइतबार बिहान ६ बजे वृद्धको मृत्यु भएको डाक्टर निरज सिंहले जानकारी दिए । मृत्यु भएका वृद्धको पिसिआर रिपोर्ट आउन बाँकी रहेको डाक्टर सिंहले बताए ।
बीरगञ्जमा पछिल्लो समय कोरोनाको संक्रमण र मृत्यु दुबै बढीरहेका बेला भेन्टिलेटरमै ती वृद्धको ज्यान गएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ