साउन ११ काठमाण्डौं । काँग्रेस निकट नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालयको मानविकी र शिक्षा शास्त्र संकायका डिन कार्यालयमा ताला लगाएको छ।
नेविसंघका मागबारे छलफल नगरी त्रिवि पदाधिकारीले पेलेर जाने रणनीति लिएकोले बाध्य भएर ताला लगाउनुपरेको नेविसंघ त्रिवि समितिका सचिव योगेन्द्र रावलले बताए ।
नेविसंघ त्रिवि समितिले यसअघि उपकुलपति, शिक्षाध्यक्ष र रजिष्ट्रार कार्यालयमा पनि तालाबन्दी गरेको छ।
नेविसंघले राखेका २० सुत्रिय माग पूरा गर्न त्रिवि पदाधिकारीले वेवास्ता गरेको नेविसंघको भनाई छ ।
त्रिविमा नेकपाको कार्यकर्ता भर्ती गरेको नेविसंघले दाबी गर्दै आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline