साउन १० काठमाण्डौं । आफ्नै श्रीमतिलाई हत्या गरेर जलाएको अभियोगमा जन्मकैद सजाय सर्बोच्चले घटाईदिए पछि जेल मुक्त भएका रञ्जन कोईराला बिरुद्ध महान्यायधीबक्ताको कार्यलयले दर्ता गरेको पुनरावलोकन मुद्धाको सुनुवाई भोली हुने भएको छ ।
पत्नी हत्याको कसुरमा सर्वस्व सहित जन्मकैदको सजाय भोगिरहेका रञ्जन कोइरालालाई सजाय घटाएर उन्मुक्ति दिने फैसलाविरुद्धको पुनरावलोकनमा भोलीको सुनुवाई पछि मुद्धा अघि बढ्ने नबढ्ने टुंगो लाग्ने छ ।
पहिलो चरणमा सर्वोच्च अदालतका तीनजना न्यायाधीशको च्याम्बरमा यसको सुनुवार्इ हुनेछ। आइतबार यो सुनुवाइमा फैसला गर्ने न्यायाधीशहरु संलग्न हुन नपाउने व्यवस्था छ। तीन न्यायाधीशले बसेर अध्ययन गरेपछि इजालसमा सुनुवाइका लागि अनुमति दिने कि नदिने भन्ने टुंगो लाग्ने छ। तीन सदस्यीय बेन्चले निस्सा दिएको खण्डमा सुनुवाइ प्रक्रिया अगाडि बढ्ने छ ।
काठमाडौँ जिल्ला अदालतले कोइरालालाई सर्वस्व सहित जन्मकैद गरेको सजायलाई तत्कालीन पुनरावेदन अदालत पाटनले २०७२ मंसिर २३ गते सदर गरेको थियो । उक्त फैसलाविरुद्ध परेको पुनरावेदनमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले गत असार १५ गते कोइरालालाई तोकिएको सजायमा भारी छुट गर्दै ८ वर्ष ६ महिनामा झारिदिए पछि यसको चौतर्फी बिरोध भईरहेको छ ।