सीमामा खटिरहेका शसस्त्र प्रहरी जवानलाई कुटेर मार्ने तीन जना पक्राउ

सीमामा खटिरहेका शसस्त्र प्रहरी जवानलाई कुटेर मार्ने तीन जना पक्राउ

  • शुक्रबार, साउन ९, २०७७
  • मिर्मिरे अनलाइन

  • 13.8K
    SHARES

साउन ९ लाहान । सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट माडर सिरहामा कार्यरत सशस्त्र प्रहरी जवान मनोहर कुमार यादवको हत्या गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरको छ ।
सिरहा नगरपालिका वडा नम्बर –३ मखनाहाका २५ वर्षीय जवकेश कुमार यादव, सोही ठाउँका २० वर्षीय मंगला भन्ने दिपेश कुमार यादव र २२ वर्षीय बुलना भन्ने मुकेश कुमार यादव लाई पक्राउ गरी हिरासतमा राखेर थप अनुसन्धान शुरु भएको प्रहरीले जनाएको छ ।

असार १६ गते सिरहा नगरपालिका–१४ खिरौनास्थित रहेको नहरको पानीमा उनीहरुले सशस्त्र प्रहरी जवान यादवको हत्या गरेको प्रहरीले जनाएको छ ।

एउटा बैबाहिक समारोहमा सामान्य विवाद भए पछि उनीहरुले लखेटी लखेटी नहरमा पुर्याएर उनीहरुले जवान यादवको हत्या गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ