काठमाडौँ साउन ९ । समाजमा बढ्दो अपरपाधसगँै एसीड आक्रमण जस्तो जघन्य अपराध मौलाउदै गएको छ । हिजो साँझ ओखलढुंगाकी २२ बर्षे युवती पवित्रा कार्कीमाथि उनले मन नपराएको भनेर मोहम्मद आलमको योजनामा एसीड हानिएको खुलेको छ ।
प्रहरीको सक्रियतामा घटना भएको केही समय पछि नै पक्राउ परेका आलम र भारतीय नागरिकको बयानबाट यो कुरा खुलेको छ ।
पुरानै चिनजान रहेका आलमले आफैले बेुलका ८ बजे जबरजस्ती कर गरेर लिफ्ट दिएर पछि आफ्नै वर्कसपमा काम गर्ने भारतीय नागरिक मुन्ना मोहम्मदको हातबाट एसिड प्रहार गराएका थिए ।
अहिले मुख्य योजनाकार आलम र मुन्नालाई प्रहरीले अनुसन्धान गरीरहेको छ ।
डल्लुमा कवाडी पसल रहेका आलमले ती युवतीलाई म हिडेर जान्छु भन्दा पनि जबरजस्ती लिफ्ट दिएका थिए ।
त्यस पछि उनले आफ्नो कामदार मुन्नालाई डल्लुबाट ल्याए । उनले ३७ पटक सम्म पवित्राको मोबाईलमा मिसकल गरेका थिए ।
ती युवती पसलबाट किनमेल गरेर डल्लुतिर लागिन् अनि बाटोमा छलिएर बसेका आलमको ईशारामा मुन्नाले एसिड पवित्राको अनुहारमा फ्याकेर भागे ।
एसिड लागे लगत्तै पोलेर छट्पटाएकी युवतीलाई स्थानीयले मनमोहन अस्पताल पुर्याए पनि त्याहाँ उपचार हुन नसके पछि उनलाई कीर्तिपुरको बर्न अस्पतालमा लगिएको थियो ।
प्रहरीले युवतीसगँको सोधपुछ, सिसिटिभी फुटेज र मोवाईल डिटेलका आधारमा आरोपीहरुलाई राति नै नियन्त्रणमा लिन सफल भयो ।
राति ११ बजे तिर पक्राउ परेका मुन्नाको हातमा समेत एसीड हान्ने क्रममा उनलाई पनि सामान्य क्षति भएको अवस्थामा फेला पारिएको थियो । मुन्नाले मैले मालिकको आदेशमा एसीड हानेको भने पछि प्रहरीले आलमलाई पनि समात्यो ।
आलमले प्रहरीलाई ती युवतीलाई आफूले मन पराए पनि उनले वास्ता नगरे पछि एसीड हान्ने योजना बुनेको स्वीकार गरेका छन् ।
तर युवतीले आलम दाजु समानको मान्छे भएको भन्दै माया प्रेमको कुरा नभएको बताएकी छन् ।
स्वयम्भु वृतको हिरासतमा राखेर आलम सहितकालाई मुद्धा चलाउने तयारी भएको छ ।