चितवन , ८ साउन । अविरल वर्षाका कारण नारायणगढ–मुग्लिङ सडकखण्डको चार किलोमा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ ।
आज राति ८ः४५ बजे सो स्थानमा ठूलो पहिरो खसेको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार इच्छाकामना गाउँपालिका–६ स्थित चार किलोमा पहाडको माथिबाट पहिरो खसेको हो ।
अविरल वर्षा भइरहेकाले रातको समयमा पहिरो पन्छाउने सम्भावना नरहेको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिनुभयो ।
मगलबार राती चार किलोमा पहिरो खस्दा अवरुद्ध् भएको सडक बुधबार साझँ देखी सञ्चालनमा आएका थियो भने आज विहीबार पुन : पहिरो खसेर अवरुद्ध भएको हो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline