साउन ८ बीरगञ्ज । नेपालमा निरन्तर कोरोना संक्रमितको मृत्यु हुने क्रम बढेको छ । यस क्रममा मंगलबार राति बीरगञ्जको गण्डक कोभिड अस्पतालमा एक ७० वर्षका बृद्धको ज्यान गएको छ ।
एक निजी अस्पतालमा उपचार गराईरहेका ती वृद्धमा कोरोनाको लक्षण देखिए कोभिड अस्पतालमा सारिएको थियो । राति मृत्यु भए पछि स्वाब संकलन गरेर परीक्षण गर्दा उनमा कोरोना देखिएको थियो ।
यो सगैँ नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४३ पुगेको छ । तर स्वास्थ्य मन्त्रालयले घोषणा गर्न बाँकी रहेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline