काठमाडौँ, ७ साउन । विप्लव नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टीले नेकपाका संस्थापक महासचिव पुष्पलालको सपना एकीकृत जनक्रान्ति सम्पन्न गरेर पूरा गर्ने प्रतिबद्धता जनाएको छ ।
नेकपाका प्रवक्ता प्रकाण्डले नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४२ औँ स्मृति दिवसको अबसरमा प्रेस बिज्ञप्तिमार्फत सो प्रतिबद्धता जनाएका हुन्।
प्रकाण्डले आफ्नो पार्टीले पुष्पलालले २००६ सालमा स्थापना गरेको कम्युनिस्ट पार्टीको उत्तराधिकारीका रूपमा एकीकृत जनक्रान्ति सञ्चालन गरिरहेको र नेकपाले २००६ सालदेखि श्रमजीवी वर्ग, क्रान्ति र क्रान्तिकारीहरूलाई धोका दिएर यो वा त्यो रूपमा पुँजीपति वर्ग र शासक वर्गको सेवा गर्ने नेपाली कम्युनिस्ट आन्दोलनको प्रतिक्रान्तिकारी दक्षिणपन्थी विसर्जनवादविरुद्धकोे निरन्तर क्रान्तिको झन्डा उठाएको पनि बताएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline