जनप्रतिनिधिको दबावमा भ्रष्टाचार बिरुद्ध आवाज उठाउने दुई जना विरुद्ध मुद्दा दर्ता

जनप्रतिनिधिको दबावमा भ्रष्टाचार बिरुद्ध आवाज उठाउने दुई जना विरुद्ध मुद्दा दर्ता

  • बुधबार, साउन ७, २०७७
  • दिपक चौरसिया

  • 21.9K
    SHARES

पर्सा ७ साउन ।
भ्रष्टाचार भएको भन्दै आवाज उठाउने विरुद्ध प्रहरीले सार्वजानीक आपराध मुद्दा दर्ता गरेको छ ।
कालिकामाई गाउँपालिका वडा नं। ४ प्रशुरामपुरमा भएको विकास निर्माणको काममा अनियमितता भएको भन्दै बिरोध गर्ने र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा उजुरी दिने विरुद्ध नै गाउँपालिकाको जनप्रतिनिधिको दबावमा प्रहरीले मुद्दा दर्ता गरी २ जनालाई नियन्त्रणमा लिएको हो ।
गत असार ३० गते वडामा भइरहेको सडक ढलान मापदण्ड विपरित भएको भन्दै स्थानियहरुले विरोध जनाएका थिए । सोही अनियमितताको सम्बन्धको विषयलाइ लिएर छानविनको माग गर्दै स्थानिय संजय कुमार साह, बैदनाथ राउत बरै, सिकेन्द्र देवान लगायतका ४ जनाले जिल्ला प्रशासन कार्यालय पर्सामा निवेदन दिएका थिए ।
सोही बिषयलाई लिएर आज जिल्ला प्रहरी कार्यालय पर्सामा हुने भनिएको पंचायतीमा सहभागि हुन आएका निवेदक संजय साह गोढ र उनका भाई रंजित साह गोढलाई प्रहरीले नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी उपरिक्षक मनोजित कुँवरका अनुसार बिकास निर्माणको काममा खलल पुर्याउने कसुरमा उनीहरुलाई नियन्त्रणमा लिइएको हो ।

तर प्रवक्ता कुँवरले कस्तो किसिमको विकास निर्माणको काममा बाधा पुर्याएका हुन भनेर सोध्दा प्रवक्ता कुँवरले खुलाउन चाहनु भएन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ