काठमाडौं, ७ साउन ।
विश्व हिन्दु परिषद, नेपालले नेपाल र भारतका नागरिककोस्तरमा प्राचिनकालदेखि रहदै आएको एकता, आत्मियता र तीर्थहरुप्रतिको आस्था खल्बल्याउने प्रयास भइरहेको भन्दै चिन्ता व्यक्त गरेको छ ।
परिषदले एक अपिल जारी गर्दै पछिल्लो पटक रामको जन्मभूमि अयोध्याबारे बिभिन्न टिकाटिप्पडि गरेर हिन्दु समाजलाई विभाजित बनाउन खोजेको बताएकाे छ । साथै विखण्डनकाे षड्यन्त्रबारे सचेत बन्न आह्वान गर्दे परिषदले यस्ता बिषयमा बिबाद गर्नुको साटो हिन्दु समाजका सबै एक भएर अघि बढ्नुपर्ने बताएको छ ।
नियोजीत रुपमा आपसी द्धेष र घृणाका भाव छरिदै गएकोबारे सबै सचेत बन्नुपर्नेमा जोड दिदै विखण्डित हुनबाट आफै जोगिनुपर्ने पनि अपिलमा बताएको छ ।
हिन्दुधर्मप्रति पूर्वाग्रहपूर्ण रुपमा कलम चलाउने वामपन्थी चिन्तक, साहित्यकारको लेखहरुलाई अघि सारेर बिवादित अभिव्यक्ति र तर्कहरु सार्वजनिक हुनु उचित नभएको पनि बताएको छ ।
परिषदले धनेको छ, भगवान् श्रीरामको जन्म भएको स्थानबारे उठान गरिएको विवादबारे हामी विदितै छौं । यद्धपि, अयोध्या चाहे भारतमा होस् अथवा नेपालमा , यसले हिन्दु समाजलाई कुनै फरक नपर्नुपर्ने हो ।
यस्तो छ अपिल
