महानगरको समृद्धिका लागि क्षमताको उपयोग गरौंः मेयर शाक्य

महानगरको समृद्धिका लागि क्षमताको उपयोग गरौंः मेयर शाक्य

  • बुधबार, साउन ७, २०७७
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

साउन ६, काठमाडौं । काठमाडौँ महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यले विभागीय र महाशाखा प्रमुखहरुलाई प्रभावकारी र परिणाममुखी काम गर्न आग्रह गरेका छन् ।
आर्थिक बर्ष २०७६÷०७७ को बार्षिक समीक्षा कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख शाक्यले ‘बार्षिक बजेट, नीति तथा कार्यक्रममा उल्लेख भएका र आफूसँग सम्बन्धित काम समयमा सम्पादन गर्नु तपाईहरुको दायित्व हो,’ भन्नु भयो ।
उहाँले काठमाडौँ महानगरपालिकाका कर्मचारीहरुसँग अन्य स्थानीय तह सञ्चालनका बिषयमा विभिन्न स्थानीय तहमा गएर प्रशिक्षण चलाउन सक्ने क्षमता भएको भन्दै त्यो क्षमता आफ्नै कार्यालयमा पनि देखाउन सुझाव दिनुभयो ।
उपमेयर हरिप्रभा खड्गी श्रेष्ठले आन्तरिक सूचना प्रणालीलाई थप प्रभावकारी बनाउँदै लैजानु पर्नेमा जोड दिनुभयो । ‘तथ्याङ्कमा आधारित समीक्षा प्रणालीको बिकास गर्नुपर्छ,’ उहाँले भन्नुभयो । त्यसैगरी सहसचिव राजेश्वर ज्ञवालीले सामुहिक हितका काम गर्न नेतृत्वको निर्णय गर्ने क्षमता आवश्यक पर्नेमा जोड दिनुभयो । बिभागीय प्रमुखहरुलाई कार्यक्रम सञ्चालन गर्दा पद्धति, चुनौती, खर्च र लाभ बिश्लेषण गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत एकनारायण अर्यालले वृत्ति बिकास, पदोन्नतिजस्ता बिषयमा निराशा देखाएर कर्मचारीले बजेट, नीति तथा कार्यक्रमको लक्ष्य अधुरो बनाउने कुराले सकारात्मक परिणाम नदिने बताउनुभयो । ‘बार्षिक समीक्षामा कामको वित्तीय र भौतिक प्रगति थाहा पाउनुपर्छ । दिएको लक्ष्य पूरा गर्ने गराउने क्रममा समस्या देखाउने छुट हुँदैन,’ उहाँले भन्नुभयो, ‘समस्या समाधान गरेर परिणाम ल्याउने गरी तपाईँहरु लाग्नुपर्छ ।’

बिभाग, आयोग, महाशाखा, आयोजना, इकाई र सचिवालयको प्रतिनिधित्व गर्दै २७ जनाले प्रस्तुतिकरण गर्नुभएको थियो । समीक्षा कार्यक्रममा आगामी दिनमा महानगरले गर्ने खर्चबाट स्थानीयमा प्राप्त भएको लाभलाई प्रगति सूचकको मुख्य बुँदाका रुपमा राख्ने, आन्तरिक तथा वाह्य समन्वय र सूचना प्रणालीमा सुधार गरेर काठमाडौंलाई स्थानीय तहको नेतृत्वदायी संरचना बनाउने कुरामा जोड दिएको छ । स्मार्ट शासन÷प्रशासन, स्मार्ट सेवा प्रवाह र व्यवस्थापन, सेवामा पारदर्शिता र जवाफदेहिता, एकीकृत र समन्वयात्मक बिकास जस्ता विषयमा पनि ध्यान दिनुपर्नेमा जोड दिइएको थियो ।
समिक्षा कार्यक्रममा प्रस्तुतिकरण गर्दै स्वीकृत नीति, योजना तथा कार्यक्रम कार्यान्वयनमा प्राबिधिक क्षेत्रका जनशक्ति कम हुनु, महामारी आउनुजस्ता कारण देखाइएको थियो । महालेखा परीक्षकको कार्यालयले देखाएको वित्तीय अनुशासन कायम गराउन थप तत्परता देखाउनु पर्ने जस्ता विषय पनि समिक्षामा उठेका थिए ।
महानगरपालिकाले सबै बिभागको प्रगति सम्बन्धि तथ्य संकलन गरेर प्रतिवेदन तयार गर्न निर्देशक दिपक अधिकारी र उपनिर्देशक प्रल्हाद घिमिरेलाई जिम्मेवारी दिइएको छ ।
सामाजिक बिकास बिभाग, प्रशासन बिभाग, सम्पदा तथा पर्यटन बिभाग, सहरी पूर्वाधार बिकास बिभाग, बित्त बिभाग, सहरी शुशासन बिभाग, वातावरण व्यवस्थापन बिभाग, सूचना प्रबिधि बिभाग, भवन इजाजत बिभाग, बिपद् व्यवस्थापन बिभाग, सहकारी बिभाग, शिक्षा बिभाग, कृषि बिभागले प्रगति समिक्षा प्रस्तुत गरेका थिए ।
त्यसैगरी कानून महाशाखा, अन्तरराष्ट्रिय सम्बन्ध र मेयरको सचिवालय , सार्वजनिक निजी साझेदारी इकाइ, आन्तरिक लेखा परीक्षण शाखा, नगर प्रहरी महाशाखा, मनोहरा जग्गा बिकास आयोजना, चमती नयाँबजार जग्गा बिकास आयोजना, खरिद इकाइ, हनुमान ढोका दरवार संरक्षण कार्यक्रम, पशु महाशा, सहरी योजना आयोग, जनस्वास्थ्य महाशाखाको तर्फबाट वार्षिक प्रगति समिक्षा प्रस्तुत भएको थियो ।
त्यसैगरी भैरव बोगटीले संघ÷प्रदेश संसद बिकास कोष र दीपक अधिकारी — महालेखाबाट प्राप्त प्रतिवेदनको समिक्षा गर्नुभएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ