तुईनबाट खसेर मकवानपुरमा एकको मृत्यु, प्रधानमन्त्रीले घोषणा गरेको पाँच बर्ष वित्दा पनि अझै हटेन तुईन

तुईनबाट खसेर मकवानपुरमा एकको मृत्यु, प्रधानमन्त्रीले घोषणा गरेको पाँच बर्ष वित्दा पनि अझै हटेन तुईन

  • बुधबार, साउन ७, २०७७
  • मिर्मिरे अनलाइन

  • 17.5K
    SHARES

साउन ७ काठमाण्डौं । मकवानपुरमा तुईनबाट खसेर एक जनाको मृत्यु भएको छ ।

तुइनबाट खसेर मृत्यु हुनेमा हेटौंडा–१ का ७७ वर्षीय कृष्णप्रसाद पराजुली रहेका छन् ।

रापती र सामरी खोला दोभानमा रहेको तुइन तर्ने क्रममा उनी खसेका थिए । तुइनबाट खसेर रापती खोलाले उनलाई बगाएको थियो । हेटौंडाबाट लालझाडी जान तुइन चढेका उनी खुट्टा चिप्लिएर खसेका थिए ।

खोलाले बगाएर करिब तीन सय मिटर तल पुगेपछि उद्धार गरी उपचारका लागि हेटौंडा अस्पताल लगिएकोमा थप उपचारका लागि चितवन रिफर गरिएको थियो । चितवन लैजाने क्रममा बाटोमै उनको मृत्यु भएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो पटक प्रधानमन्त्री हुदाँ ७२ सालमै दुई बर्ष भित्र तुईन विस्थापित गर्ने घोषणा भएको थियो । तर अहिले दोस्रो पटक उनी प्रधानमन्त्री भएको तीन बर्ष पुरा हुन लाग्दा समेत अझै तुईन विस्थापित भएको छैन ।

यद्यपि, सरकारले यस अघि नै तुईन विस्थापित भईसकेको भनेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ