त्रिविका सबै क्याम्पस आजदेखि खुल्ला, भदौँ ७ बाट परीक्षा हुने

त्रिविका सबै क्याम्पस आजदेखि खुल्ला, भदौँ ७ बाट परीक्षा हुने

  • बुधबार, साउन ७, २०७७
  • मिर्मिरे अनलाइन

  • 14.9K
    SHARES

काठमाडौँ, साउन ७ । त्रिभुवन विश्वविद्यालय मातहतका क्याम्पसहरु आजदेखि खुलेका छन् । सरकारले मंगलवार मध्यरातिदेखि लकडाउन खुल्ला गरेसँगै त्रिवि मातहतका सबै क्याम्पसहरु खुल्ला भएका हुन् ।

सरकारले जारी गरेको सुरक्षा निर्देशिकालाई कार्यान्वयन गर्दैक्याम्पस सञ्चालनमा ल्याउने निर्णय विश्वविद्यालयले गरेको हो ।
यसैबीच, विश्वविद्यालयले कोरोना भाइरसका कारण स्थगित परीक्षा भदौँ ७ गतेबाट सुचारु गर्ने निर्णय गरेको छ ।
त्रिविका रजिष्ट्रार प्रा. पेशल दाहालले स्थगित परीक्षा दशै सक्ने र दशैपछि अन्य नियमित परीक्षा गर्ने जानकारी दिनुभयो ।

क्याम्पसहरु खुलेसँगै विश्वविद्यालयले विदामा बसेका अध्यापकहरुलाई पनि बोलाउने निर्णय गरेको छ । विश्वविद्यालयका अध्यापकहरुलाई दिइएको विदा समेत सकिएको र अव क्याम्पसमा हाजिर हुनुपर्ने भएको छ ।
क्याम्पसमा नियमित पठनपाठन र परीक्षा बाहेक अन्य गतिविधि नियमित गरिने भएकोले विश्वविद्यालयका अध्यापकहरुलाई पनि बोलाइएको जनाइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी