नेपालमा थप एक कोरोना संक्रमितको मृत्यु, रातारात धरानबाट शब महोत्तरी पठाईयो

नेपालमा थप एक कोरोना संक्रमितको मृत्यु, रातारात धरानबाट शब महोत्तरी पठाईयो

  • बुधबार, साउन ७, २०७७
  • मिर्मिरे अनलाइन

  • 10.6K
    SHARES

धरान साउन ७ । नेपालमा कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । धरान स्थित बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हिजो साँझ ती संक्रमितको मृत्यु भएको हो । आईसीयुमा उपचार गरीरहेका बेला कोरोना रिपोर्ट पोजेटिभ आए पछि कोभिड आईसियुमा सारिएको थियो । त्यहीँ उनको मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ ।
संक्रमित महोत्तरीको भएकाले मृतकको शब रातारात महोत्तरी पठाईएको छ ।

बिपी प्रतिष्ठानका प्रवक्ता डा. नितेश सापकोटाका अनुसार अत्यन्त गंभीर अवस्थामा आएर प्रतिष्ठानमा भर्ना भएका ती मानिसमा बिरामीको कुनै अन्य लक्षण भने देखिएको थिएन ।
उनको गएराति १२ बजे मृत्यु भएको थियो । शब व्यवस्थापन सम्बन्धि निर्देशिका अनुसार नै सेनाको जिम्मामा शब परिवारको आग्रह अनुसार महोत्तरी पुर्याएर व्यवस्थापन भएको डा. सापकोटाले बताए ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी फणीन्द्रमणि पोखरेलले नेपाल सरकारको स्वास्थ्य प्रोटोकल अनुसार विशेष स्वास्थ्य सुरक्षा सतर्कता अपनाएर मध्य राति शव वाहन मार्फत महोत्तरी पठाइएको बताए । महोत्तरीको महोत्तरी गाउँपालिका ३ का ६० वर्षीय पुरुष उनी केही दिन अघि मात्रै बिपीमा भर्ना भएका थिए ।

यस अघि पनि धरानमा सप्तरीका एक बृद्धको कोरोना संक्रमणका कारण मृत्यु भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ