कन्चनपुर, ५ साउन । कन्चनपुरमा रहेको वडा प्रहरी कार्यालय महेन्द्रनगरको नयाँ भवनको उद्घाटन गरिएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक उत्तमराज सुवेदीले वडा प्रहरी कार्यालय महेन्द्रनगरको नयाँ भवन उद्घाटन गरेका छन् ।
भवनको उद्घाटन गर्दै सुवेदीले अहिले जिल्ला प्रहरी कार्यालय र केहि कार्यालय बाहेक अन्य सबै प्रहरी कार्यालयहरू भाडामा बस्नु पर्ने बाध्यता भएको बताए । अन्य प्रदेशमा पुराना र भुकम्पका कारण धेरै कार्यालयहरु भत्किएको र जिण बन्दै गएको बताए ।
सुवेदीका अनुसार यस वर्ष सुदुरपश्सिम प्रदेश सरकारबाट थप १८ वटा नयाँ भवन निर्माणका लागि बजेट आएको छ । उनले कन्चनपुरको भन्सार नजिक रहेको ईलाका प्रहरी कार्यालय गड्डाचौकीमा पनि नयाँ भवन बनाईने बताएका छन् । 
उत्त कार्यक्रममा बोल्दै भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले कारागार, प्रहरी भवन निर्माण तथा कैदीबन्दीको क्षमता अभिवृद्धिका लागि भीमदत्त नगरपालिका सहकार्य गर्न तयार रहेको बताए ।
कुल एक करोड ७६ लाख ९ हजार ६ सय ६ रुपैयाँ उत्त भवनको २०७४ साल फागुनमा सम्झौता भएको थियो । १४ कोठा रहेको वडा प्रहरी कार्यालयको भवनलाई आधुनिक तथा सुविधा सम्पन्न तरिकाले निर्माण गरिएको जिल्ला प्रहरी कन्चनपुर कार्यालयले जनाएको छ ।
त्यसै गरी उत्त कार्यक्रममा बोल्दै कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले नागरिकका हरेक कार्यमा प्रहरी संलग्न हुने गरेको बताए । नागरीकले पनि प्रहरीलाई सहयोग गर्नु पर्ने बताएका छन् ।



