साउन ५ चितवन । चितवनको देवघाट स्थित नारायणी नदीमा पानीको सहतले खतराको तह पार गरेको छ । उक्त स्थानमा जल सतह ८ मिटर नाघेपछि खतराको तहपार हुनेमा ९ मिटर माथि आइसकेको छ । वर्षात नरोकिएकाले जल सतहथप बढ्ने अनुमानगरिएको छ । यस्तै नारायणघाटको पुलमाजलसतहले सतर्कताको तहपार गरेको हो ।
उक्त स्थानमाजल सतहले ११ मिटर नाघेपछि सतर्कताको तहपार हुनुपर्नेमाजलसतहले ११. ९८ मिटर पार गरेको वैद्यले बताउनुभयो । विभागले खतराको तहपार गरेको स्थानकातल्लोटतीय क्षेत्रकाबासिन्दालाई उक्त स्थान छाडेर सुरक्षित स्थानमा जान तथा सतर्कताको तहपार गरेको स्थानकातल्लो तटीय क्षेत्रकाबासिन्दालाई उच्च सतर्कताअपनाउनआग्रह गरेको छ । पूर्वनपलपरासी र चितवनकातल्लो तटीय क्षेत्रमा बाढीको उच्चजोखिम रहेकाले सतर्क रहनभनिसकिएको वैद्यले जानकारी दिनुभयो ।
यस्तै कोशीकोशीनदीमा सतर्कताको तहपार गरेकाले भोलिसम्म खतराको तहपार गर्न सक्ने अनुमान गरिएको छ । यस्तै कमला, कन्काई, बागमती र तीनदीका सहायकनदीमा बाढीले खतराको तहपार गर्न सक्ने अनुमानविभागले गरेको छ ।

यो वर्ष आगामीकात्तिकसम्मै वर्षात हुने सम्भावना रहेको छ । सामान्यतयामनसुनअसारमा सुरु भएर असोजमा सकिने भएपनि यो वर्ष भने झण्डै एक महिनापछिसम्म पानी पर्ने देखिएको छ । चार महिनामध्ये असारको अध्यदेखि भदौ मध्यसम्मअत्याधिक वर्षात हुने गर्दछ ।
तर, यो पटक मौसम सक्रियभएदेखि नै वर्षातको दर उच्च छ । ‘चार महिनामध्ये असारको आधाआधीदेखि भदौ आधाआधीसम्मपानी बढी पर्ने समय हो’, महानिर्देशक वैद्यले भन्नुभयो, ‘तर यो पटक मनसुनको सुरुदेखि नै अत्याधिकपानी परिरहेको छ, कात्तिकसम्म पर्ने देखिन्छ । एक वर्षमा पर्ने पानीको ८० प्रतशितपानी मनसुनको चार महिनामा पर्ने उहाँले जानकारी दिनुभयो ।
हरेक मनसुनमा बाढी पहिरोकाकारण हुने क्षति घटी बढी हुने भन्दै वैद्यले यसपटक हिउँदमा र प्रि–मौसममासमेत बढी पानी परेकाकारण जमिन धेरै गलेकाले बाढीपहिरोको प्रकोप उच्च भएको बताउनु भयो ।