नेपाल एउटा सर्वभौम सम्पन्न मुलुक हो। जो कुनै पनि कालखण्डमा कुनै पनि देश वा शासकको गुलाम हुनु परेको छैन। अझ भनौ एसियाकै सबै भन्दा पुरानो देश हो, जसले कुनै पनि राष्ट्रको दमन स्विकार गरेको छैन कसैको अधिनमा बस्नु परेको छैन त्यसका लागि हजारौ वलिदान दिन पनि पछि परेको छैन। सबको अगाडी शिर ठाडो बनाएर आँखा मा आँखा जुधाएर बोल्न सक्ने हैसियत राख्न कसेको मुलुक हो नेपाल।
हजारौं लाखौ बलिदानबाट प्राप्त स्वाधीनता लाई पछिल्लो केही दसक देखि केही निजि स्वार्थबाट लसफस भएका स्वार्थी नेताहरुले आफ्नो ओहदा बढाउने दाउमा देशकै ओहदा घटाउन तल्लिन हुँदै आएकाछन। ती मध्ये कतिले प्राण त्यागी सके भने कति अझै पनि पुर्णरुपले कृयासिल छन। ती मध्येकै एउटा पात्र हुन हाल नेपालको प्रधानमन्त्री जस्तो गरिमामय पदमा आसिन के पि शर्मा ओलि। तत्कालीन पंचायती सासकहरु सँग गठजोड नमिले पछि टाउको काटेर जेल परेका उनी १४ बर्ष जेलजिवन बिताउनु पर्यो त्यसपछि आफुलाई क्रान्तिकारी भन्न रुचाउन थाले जसले गर्दा उनी आफुलाई किसान आन्दोलनको सहयात्री भनाएर आफ्नो स्थान सुरक्षित गर्ने अबसर दिए। दस बर्शे जनयुद्ध र त्यसैको जगमा टेकेर उर्लिएको दोस्रो जनाअन्दोलनमा नेपाली जनताको महासागरले गणतन्त्रको नारा लगाई रहदा उनी “नेपालमा गणतन्त्र आउनु भने बैलगाडा चढेर अमेरिका पुग्नु जस्तै हो” भन्दै टुलुटुलु हेरि रहेका थिए। जब नेपालमा राजतन्त्रको अन्त्य भयो तब म पनि गणतन्त्रकै लागि १४ बर्ष जेलजिवन बिताएको हुँ भन्दै आफुलाई राष्ट्रवादी कहलाउन थाले र अहिले सम्मको उनको राजनीति यात्रालाई हेर्ने हो भने अबसर अनुसारको राष्ट्रवादी बन्दै आएका छन।
के पि ओलि प्रधान मन्त्री भएकै बेला मधेश आन्दोलन चरम उत्कर्शमा थियो। नस्लिय बिचारबाट ग्रसित ओलिले मधेशवादी दलहरु सँग वार्ता गरेर आन्दोलनबाट मधेशी जनतालाई शान्तिको स्वास फेर्न दिने कुरै भएन। जब ओलिको क्रूरता ले सिमा नाघ्नै थालेको थियो। यता माथी भने जस्तै (केही निजि स्वार्थबाट लसफस भएका स्वार्थी नेताहरुले आफ्नो ओहदा बढाउने दाउमा देशकै ओहदा घटाउन तल्लिन हुँदै आएकाछन) मधेशवादी दलका नेताहरुले सिंगो मधेशलाई नै टुक्राएर छुट्टै राष्ट्र घोषणा गर्नु परे पनि पछि नपर्ने उदेशले भारतमा गएर घुडा टेक्दै आन्दोलनलाई सहयोग गर्न भेटी चढाउन पुगे। यो बिषय भारतलाई पनि स्विकार्य थियो उसलाई नेपालमा आफ्नो हैकम जमाउन ठोस आधार चाहिएकै थियो। यसरी मधेशी नेताहरु शरण पर्न आउदा उसको आँखा झनै बल्न थाल्यो र भरखरै भुकम्पको पीडा बाट उम्किन नपाउदै नेपाल भारतिय नाकाबन्दीको सिकार हुन पर्यो। बिगतमा नेताहरु भारतिय बजारलाई नेपालमा व्यपार गर्न खुल्ला गर्ने उदेशले भए भरका कलकारखानाहरु समेत भारतको इसारामा बन्द गरिसकेका थिए र नेपाली जनता पनि भारत बाट सहजै सबै सामग्री ल्याउन पाउँदा आफुले उत्पादनलाई कष्ट महसुस गर्न थाले र अपांग जस्तै भैसकेका थिए त्यो अबस्थामा भएको नाकान्दीले उबेला प्रधानमन्त्री रहेका केपि ओलिलाई आर्थिक र राजनीतिक गर्दै दोहोरा फाइउदा पुर्याई रहेको थियो। १. आर्थिक उपलब्धि=) भारतबाट दैनिकी उपभोग्य सामाग्री तथा खाद्यान्न आउन बन्द भए पछि तत्कालिन एमाले द्वारा संचालित NGO, INGO तथा ठुला व्यापारीहरुले भण्डारन गरेर राखेका सम्पुर्ण सामानहरुले दोब्बर मूल्य पाईरहेको थियो र कमिसन उनिसम्म पर्याप्त आई रहेको थियो।
२. राजनीतिक उपलब्धि =) भारतबाट आउदा १३५० मा पाईने ग्याज सेलेन्डरलाई जनताले ५००० सम्म हालेर किन्नु परेको पिडाका बेला केपि ओलि ले घरघरमा ग्यासको पाईप पुर्याई दिन्छु भन्ने नाराले मानौ देश नै उनको बहकाउमा लागेर ओलि नै ओलिको नारा लगाउन थालेका थिए अन्ततः ठुलै परिमाणमा चुनावलाई पनि आफ्नै पोल्टोमा पारेर आफुलाई राष्टवादीको भिल्ला लगाउन सफल भए।
– ३३ किलो सुन काण्ड
– बाइबडि भ्रष्टाचार काण्ड
– ७२ अर्ब NCLL कर मिनाह काण्ड
– १४ अर्बको 4 g काण्ड
-ललिता निवासको जग्गा खरिद काण्ड
-निर्मला पन्त लगायतका बलात्कार काण्ड
– गोकुल बास्कोटाको ७० करोड को सेक्युरिटी print मेसिन खरिद कमिस काण्ड
– इश्वर पोखरेलको १० अर्व कोरोना राहत काण्ड
अरु बाहिर नआएका काण्ड कति होलान अरु हेर्न बाकीनै छ ।
यति हुदादुदै पनि जनताको भवना सँग खेल्दै यी सबै काण्डहरुलाई थाती राख्दै पुनः ओलिले राष्ट्रवादीको तकमा भिडन भ्यायो, जसको कारण थियो लिपियाधुरा, लिपुलेख र कालापानी सहितको नक्सा पास। वास्तवमै भन्ने हो भने यी जमिन नेपालकै भुभाग थियो नेपाल सँग पर्याप्त प्रमाण पनि छदैथियो। तथापी यी नेपाली सासकहरुले बोल्न सक्ने हिम्मत गरेका थिएनन, एकाएक भारतिय रक्षामन्त्रीले कालापानी हुदै मानसरोवर जाने बाटोको उद्घाटन गरे र यस बिषयले चर्चा पायो आम नेपालीको दवाब र यहाँ सम्म कि यिनिहरुले नै प्रतिवन्ध लगाएको नेपाल कम्युनिस्ट पार्टीले यसलाई व्यापक प्रचार प्रसार गरे पछि र यो भुभाग नक्सामा जोड्न लाई रोक्न कुनै आधार नभेटे पछि प्रतिपक्षी दल काँग्रेस ले समेत सहमती जनाउन बाध्य भयो र संसदमा केपि ओलिको सरकारले हात कमाउदै भए पनि यी भुभाग सहितको नयाँ नक्सा पास गर्न पर्यो। यसबेला प्रधानमन्त्री भएकै कारण माथिका सम्पुर्ण काण्डहरुबाट जनताको ध्यान हटाएर ओलिले नक्साको जस लिदै पुनः आफुलाई राष्ट्रवादी भन्न भ्याए।
५ बर्षमै नेपालले चीनलाई बिधुत बेचेर आर्थिक रुपमा सम्पन्न हुनेछ भन्दै महाकाली भारतलाई बुझाएका केपि ओलिको अब योजना नै आफ्नो अन्तिम कार्यकाल सम्म भए पनि अमेरिकाको indo pacific रणनीतिक हतियार millennium challenge corporation (MCC) पास गराएर नेपालको सारभौमिकता अमेरिकालाई सुम्पिनु रहेको छ भन्ने कुरा आम जनमानसमा स्पष्ट भै सकेको छ। तर पार्टी भित्रकै बिवादका कारण उनको यो योजना सफलताको नजिक पुगेरै पनि असफल भएको छ। उनले त अर्का पदका भुक्तभोगी प्रचण्डलाई MCC पासगर्ने सर्तमा हो भने पार्टी अध्यक्ष छोड्न तयार रहेको तर्क समेत सार्वजनिक नै गरि सकेका छन। तर राजनीतिको सुरुवाती दौर बाटै पार्टी फुटाउदै जोड्दै, आफ्नो समर्थन गर्नेलाई जोगाउदै र फरक बिचार राख्ने बित्तिकै गलत कित्तामा उभिएको भनेर फल्दै आफ्नो बर्चस्व कायम राख्न सिपालु तथा चतुर प्रचण्डलाई जनभावना बिपरित गएर आफ्नो अध्यक्ष पद सुरक्षित रहन सक्दैन भन्ने कुरा राम्रो सँग थाहा छ। त्यसैले ओलिको प्रस्ताव स्विकार गर्न सकेनन अन्ततः ओलि को केही नलागे पछि रामको जन्म नेपालमा भएको भन्दै राष्ट्रवादको अर्को झटारो हानेका छन। रामको जन्म कहाँ भएको हो भन्ने तथ्यगत पुष्टि हुनु पर्छ तर अहिलेको केपि ओलि को रामको नामले अध्यारोमा हानेको झटारो MCC पास गराउन चाहिने राष्ट्रवादका लागि प्रहार गरेको अस्त्र मात्र हो।
पाकिस्तानको विरुद्धमा बोल्दै भारतीय नेताहरुले आफुलाई देशभक्त कहलाउने सुत्रलाई समाउदै ओलिले पछिल्लो समय भारतको कर्तुतहरुलाई स्पस्ट सँग बुझ्न सफल भएका नेपाली जनताको सामु। आफुले जनताका लागि केही गर्न नसके पनि भारतको बिरुद्धमा बोल्दैमा नेपाली जनताले आफुलाई देशभक्त मान्ने छन यहि उदेश्मा लागि परेका छन।
लेखक- नेपाली जनप्रगतिशिल मोर्चा कतारका अध्यक्ष हुन् ।