काठमाडौं साउन ५ । देशभर निरन्तर भारी बर्षा भईरहेको छ । गएरातिदेखि अविरल पानी परीरहेको छ । पानी अझै केही दिन केही ठाँउमा भीषण पर्ने संभावना रहेको मौसम विज्ञान विभागले जनाएको छ ।
मुख्यगरी प्रदेश नम्बर २, बागमती, गण्डकी, प्रदेश नम्बर ५ का धेरै ठाउँमा वर्षा भईरहेको छ । भीषण वर्षा हुने स्थानमा बाढी, पहिरो र डुबानको जोखिम रहेको भन्दै सतर्क रहन महाशाखाले अनुरोध गरेको छ ।
वर्षाका कारण प्रदेश २ का बारा, पर्सा र रौतहटका धेरै ठाउँमा आकस्मिक बाढी आउन सक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
नवलपरासीका अरूणखोला, गिरूवारी खोला र नवलपरासीका साना नदी तटीय क्षेत्रमा एक्कासी बाढी आउन सक्ने भएकाले सतर्क रहन महाशाखाले आग्रह गरेको छ ।
त्यस्तै डडेलधुरा रंघुनको महाकाली दोभानसम्म बाढीको सम्भावना छ । काठमाडौं उपत्यकाको पनि अधिकाश स्थानमा बर्षा भईरहेको छ ।
अविरल बर्षाका कारण देशभर बाढी पहिरोमा परी एक सय भन्दा बढीको मृत्यु भईसकेको छ हने हजारौँ विस्थापित भएका छन् ।
तराईमा पनि डुबानले जनजीवन प्रभावित बनिरहेको छ ।