कांग्रेसद्धारा पिसिआर परिक्षण निसुल्क गर्न माग गर्दै बिरोध प्रदर्शन

कांग्रेसद्धारा पिसिआर परिक्षण निसुल्क गर्न माग गर्दै बिरोध प्रदर्शन

  • आइतवार, साउन ४, २०७७
  • मिर्मिरे अनलाइन

  • 9.2K
    SHARES

बिरगंज, साउन ४  ।

नेपाली कांग्रेस पर्साले निशुल्क रुपमा पिसिआर परिक्षण गर्न माग गर्दै प्रदर्शन गरेको छ । नेपाल सरकारले शुल्क लिएर पिसिआर परिक्षण गर्ने निर्णयको विरोधमा प्रर्दशन गरेको हो।

सरकारको निर्णय फिर्ताको मांग गर्दै नेपाली कांग्रेस पर्साले आइतबार वीरगञ्ज स्थित नारायणी अस्पताल अगाडी प्लेकार्ड सहित सरकारको उक्त निर्णयको विरोध गरेका थिए ।

नेपाली कांग्रेस पर्साका सभापति अजय कुमार द्विवेदीले कोरोना भाईरस महामारीका कारण आर्थिक संकटमा परेका आम नागरिकको पिसिआर परिक्षणका लागी ५ हजार ५ सय रूपैया शुल्क लगाएर सरकारले जनतालाई थप पिडा दिन खोजिएको आरोप लगाए ।

नारायणी अस्पतालको लागि बीरगंजवासीहरुले चन्दा संकलन गरेर पिसिआर मेसिन खरिद गरेका हुन । त्यसकारण निशुल्क परिक्षण हुनु पर्ने समेत बताए।

विरोध कार्यक्रममा प्रदेश सभासदस्य ओमप्रकाश शर्मा ,बिरगंज महानगर पालिकाका उपमेयर शान्ती कार्की , जिल्ला सचिव श्याम पटेल , क्षेत्रीय सभापति बिजय सराफ, नगर सभापति भोला गुप्ता,दिना गुप्ता ,प्रकाश उपाध्याय , अरविन्द गुप्ता, ललन द्विवेदी,रोशन लामिछाने , रुपा श्रेष्ठ , सुशील खेतान, सुधीर पटेल, बिकेस पटेल,बिवेक कलवार, हुकुम सिंह लगायत नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियोे ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ