खेलकूदलाई प्राथमिकतामा राख्न कर्मचारी सङ्घको सङ्घीय, प्रदेश र स्थानीय तहसँगआग्रह

खेलकूदलाई प्राथमिकतामा राख्न कर्मचारी सङ्घको सङ्घीय, प्रदेश र स्थानीय तहसँगआग्रह

  • आइतवार, साउन ४, २०७७
  • मिर्मिरे अनलाइन

  • 18.2K
    SHARES

काठमाडौँ , ४ साउन । खेलकूदको विकास, विस्तार र संरक्षणमा विशेष ध्यान दिन राष्ट्रिय खेलकूद परिषद् कर्मचारी सङ्घले सङ्घीय, प्रदेश र स्थानीय तहसँग आग्रह गरेको हो । राज्यका लागि खेलकूदको आवश्यकता र महत्व क्रमिकरुपमा बढ्दै गएकाले तीनवटै सरकारले यसलाई प्राथमिकतामा राख्नुपर्ने सङ्घको माग छ ।

गत वर्ष नेपालमा सम्पन्न १३औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता सागमा नेपालले कूल २०६ पदकसहित उल्लेख्य उपलब्धि हासिल गरेको तथा खेलाडी र प्रशिक्षकलाई सङ्घीय, प्रदेश र स्थानीय तहले नगद पुरस्कारसहित सम्मान गरेकामा तीनवटै सरकारप्रति कर्मचारी सङ्घले आभार प्रकट गरेको छ । कर्मचारी सङ्घका अध्यक्ष रञ्जन थापाले आज एक विज्ञप्ति जारी गर्दै प्रदेश नं १ ले खेलाडीलाई सम्मान गरे पनि प्रशिक्षकलाई नगरेकोप्रति आफ्नो ध्यानाकर्षण भएको बताउनुभएको छ ।

प्रशिक्षकको भूमिकालाई प्रदेश नं १ ले बेवास्ता गरेको पाइएकाले उनीहरुलाई पनि सम्मान गरिदिन उहाँले प्रदेश सरकारसित आग्रह गर्नुभएको छ ।
खेलाडीलाई सक्षम र प्रतिभावान बनाउने प्रशिक्षकलाई सङ्घीय सरकारले यसअघि नै नगदसहित पुरस्कृत गरिसकेका अवस्थामा प्रदेश सरकारले पनि प्रशिक्षकको मनोबल उच्च पार्न उनीहरुलाई सम्मान गर्नुपर्ने विज्ञप्तिमा उल्लेख छ । यो सगै खेलाडी तथा प्रशिक्षकलाई सम्मान गर्न स्थानीय तहको भूमिका पनि उत्तिकै महत्वपूर्ण भएको कर्मचारी सङ्घले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ