इतिहासमा नबन तिमी बेनाम !

इतिहासमा नबन तिमी बेनाम !

  • आइतवार, साउन ४, २०७७
  • मिर्मिरे अनलाइन

  • 13.9K
    SHARES

यो धरातल तिम्रै हो
तिमी पटक–पटक आकाशलाई हेर्छौं
धरतीकै सिर्जना हौं तिमी
बारम्बार आकाशतिर भाग्छौं
उडने कोसिस नगर्नु र नउफ्रिनु
त्यत्तिमात्र उफ्रिनु …
जति क्षमता तिमिले आर्जन गरेका छौं।

विश्वासलाई निमोठेर
जुन सपनामा तिमी निदाएका छौं !
आस्थाका पाइलाहरु मेटेर
स्वार्थका डोबहरु बनाएका छौं,
आफ्नै आदर्शलाई भत्काएर
तिम्रो गन्तव्य टुङ्गिने छैन
तिम्रो सपनाको महल ठडिने छैन
स्वप्नभङ्गको कहालीलाग्दो परिवेशमा
नितान्त एक्लो …
अनि, तिमी एक्लै हुनेछौं ।

तिमी निमित्त हौं
तर ईतिहास साक्षी छ
र, युगौंसम्म रहनेछ
तिमी जति दिन्छौं र जति लिन्छौं
ईतिहास पारदर्शी हुन्छ
कतै,नलेखियोस काला धब्बाहरुमा तिम्रो नाम
नदेखियोस दस्ताबेजहरुमा तिम्रा अनैतिक काम
कसैले नगरोस तिम्रा कर्तुतको पर्दाफास
र, इतिहासमा नबन तिमी बेनाम ।

उफ्रिनु … त्यत्तिमात्र उफ्रिनु
जति क्षमता तिमिले आर्जन गरेका छौं।

(कवि तिमल्सिना नमोबुद्ध नगरपालिकाका मेयर हुनुहुन्छ-सम्पादक)

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी