यो धरातल तिम्रै हो
तिमी पटक–पटक आकाशलाई हेर्छौं
धरतीकै सिर्जना हौं तिमी
बारम्बार आकाशतिर भाग्छौं
उडने कोसिस नगर्नु र नउफ्रिनु
त्यत्तिमात्र उफ्रिनु …
जति क्षमता तिमिले आर्जन गरेका छौं।
विश्वासलाई निमोठेर
जुन सपनामा तिमी निदाएका छौं !
आस्थाका पाइलाहरु मेटेर
स्वार्थका डोबहरु बनाएका छौं,
आफ्नै आदर्शलाई भत्काएर
तिम्रो गन्तव्य टुङ्गिने छैन
तिम्रो सपनाको महल ठडिने छैन
स्वप्नभङ्गको कहालीलाग्दो परिवेशमा
नितान्त एक्लो …
अनि, तिमी एक्लै हुनेछौं ।
तिमी निमित्त हौं
तर ईतिहास साक्षी छ
र, युगौंसम्म रहनेछ
तिमी जति दिन्छौं र जति लिन्छौं
ईतिहास पारदर्शी हुन्छ
कतै,नलेखियोस काला धब्बाहरुमा तिम्रो नाम
नदेखियोस दस्ताबेजहरुमा तिम्रा अनैतिक काम
कसैले नगरोस तिम्रा कर्तुतको पर्दाफास
र, इतिहासमा नबन तिमी बेनाम ।
उफ्रिनु … त्यत्तिमात्र उफ्रिनु
जति क्षमता तिमिले आर्जन गरेका छौं।
(कवि तिमल्सिना नमोबुद्ध नगरपालिकाका मेयर हुनुहुन्छ-सम्पादक)