ठोरीको सीमा पिलर भत्काईएको बिरोधमा धरान पिण्डेश्वर क्याम्पसका बिद्यार्थीद्धारा प्रदर्शन

ठोरीको सीमा पिलर भत्काईएको बिरोधमा धरान पिण्डेश्वर क्याम्पसका बिद्यार्थीद्धारा प्रदर्शन

  • आइतवार, साउन ४, २०७७
  • मिर्मिरे अनलाइन

  • 22.6K
    SHARES

साउन ४ धरान । नेपाल संस्कृत विश्वविद्यालय अन्तर्गतको धरान पिण्डेश्वर विद्यापीठमा अध्ययन गर्ने विद्यार्थीहरुले सीमा अतिक्रमण भएको भन्दै आज प्रदर्शन गरेका छन्।

सीता गुफा नजिकका सीमा स्तम्भहरु भत्काए पछि स्थानीय जनताद्वारा प्रतिकार गरिएको भिडियो भाइरल भएसंगै धरानका विद्यार्थीहरुले सीमा अतिक्रमण र सांस्कृतिक अतिक्रमण बन्द गर ! सीता गुफा, वाल्मिकि आश्रम लगायतका क्षेत्रलाई सुरक्षित गर ! ठोरी लगायत पुरातात्विक क्षेत्रमा नेपाली सेना परिचालन गर ! इण्डियन ज्यादती बन्द गर । ठोरीमा अवस्थित प्राचिन अयोध्या रामजन्मभूमीको अनुसन्धान गर ! सीमा क्षेत्रमा काडेतारको व्यवस्था गर ! लेखिएका प्लेकार्ड सहित प्रदर्शन गरिएको छ ।
केही दिन अघि मात्र भानुजयन्तिका अवसरमा प्रधानमन्त्री केपि शर्मा ओलीले रामको जन्मभूमी चितवनको ठोरीमा भएको अभिव्यक्ति दिए संगै भारत लगायतका देशमा यस विषयले तरंग पैदा गरेको थियो भने भारतभर तरंग पैदा भएको थियो । भारतमा केही साधुहरुले नेपालका प्रधानमन्त्रीको पुत्ला नै जलाएका थिए ।
यता नेपालमा भने रामको जन्मभूमीबारे थप प्रमाणहरु संकलन गर्नु पर्ने माग बढ्दै गएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी