श्रीमती हत्यामा सर्वस्व सहित जन्म कैद सजाय काटिरहेका शसस्त्रका पूर्व डिआईजी कोईराला छुट्दै

श्रीमती हत्यामा सर्वस्व सहित जन्म कैद सजाय काटिरहेका शसस्त्रका पूर्व डिआईजी कोईराला छुट्दै

  • आइतवार, साउन ४, २०७७
  • मिर्मिरे अनलाइन

  • 15.4K
    SHARES

काठमाडौँ साउन ४ । कार्यरत रहेकै बेला श्रीमतिको जघन्य हत्या गरेको अभियोगमा सर्वस्व सहित जन्मकैदको सजाय भोगिरहेका शसस्त्रका पूर्व डिआईजी रञ्जन कोईराला छुट्ने भएका छन् । जन्मकैद भन्नाले २० बर्ष भन्दा बढी अवधि जेल बस्नु पर्ने हुन्छ । अझ हत्या, बलात्कार, लागू औषध जस्ता केही मुद्धामा अहिलेको मुलुकी आचार संहिताले पनि पुरै अवधि जेलमा बस्नु पर्ने व्यवस्था गरेको छ ।
तर सर्वोच्च अदालतका प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबरा र न्यायधीश तेज बहादुर केसीको सयुक्त ईजलासले कोईरालाको हकमा मानवीय पक्षसगँ जोड्दै साढे ८ बर्ष कैद हुने तोके पछि कोईराला जेलमुक्त हुन लागेका हुन् ।
सर्वोच्चले असार दोस्रो साता गरेको फैसलाका आधारमा कोइराला आगामी साता कैदमुक्त हुँदै छन् ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीको इजलासले कोइरालाको काममा ‘आवेश’ देखिएको र घरमा बालबच्चाको संरक्षणको मानवीय पक्ष पनि जोडिएको भन्दै कैद मिनाहाको राय सुनाएको हो । फैसलामा भनिएको छ, ‘आमाको मृत्युपछि नाबालक छोराहरूको हेरचाह, संरक्षण र शिक्षादीक्षामा अभिभावकविहीनताको कारणले अनिश्चय र अन्योलता हुन गएकाले उनीहरूको हितमा समेत प्रभाव पर्न जाने कारण जन्मकैदको सजाय चर्को पर्न जाने हुँदा आठ वर्ष ६ महिना कैद सजाय गर्दा सजायको उद्देश्य पूरा हुने देखिएको ठहर्छ ।’ सर्वोच्चले धकेलाधकेलमा रञ्जनकी श्रीमती गीता ढकालको मृत्यु भएको भन्दै आवेशमा आई गरेको रिसबाट हत्याको अवस्था देखिएको भनी व्याख्या गरेको हो । नियोजित हत्याभन्दा आवेश र आक्रोशमा हुने हत्यामा कम सजाय गर्ने फौजदारी न्यायको सिद्धान्त हो भनिएको बताईएको छ ।

बारम्बार रन्जनले श्रीमति गीतालाई कुट्पिट गर्ने गरेका कारण उनी बिरुद्ध शसस्त्र प्रहरी मुख्यालयमा गीताले शान्ति सुरक्षाको मुद्धा हालेकी थिईन् ।
२०६८ पुस २७ गते कोइरालाले श्रीमतीसँग रहेका कान्छो छोरालाई आफ्नो साथमा लिएर कोईराला श्रीमति बस्ने कोठामा गएका थिए । त्यहीबीच गीताले बुबालाई फोन गरेर श्रीमान्ले दुव्र्यवहार गरेको भनी गुनासो गरेकी थिइन् । भोलिपल्ट बुबाले छोरीलाई फोन गर्दा मोबाइल अफ थियो । छोरीको घर जाँदा ताल्चा लगाएको भेटियो । उनले माघ ६ गते ज्वाइँले छोरीलाई बन्धक बनाएको आशंकामा जाहेरी दिएका थिए । पर्सिपल्ट मकवानपुरको टिस्टुङस्थित मत्राङमा आधाभन्दा बढी जलेको अवस्थामा गीताको शव भेटियो । कोइरालाले श्रीमती बसेको घरमा उनको हत्या गरी शवलाई सरकारी गाडीमा राखेर नष्ट बनाउन खोजेका थिए । जलाउन खोजेको ठाउँमा आगो लागेको, डिजेल बगेको, हड्डीका टुक्रा, घडी, चिरेको काठको बाकस फेला परेको थियो ।

यही अभियोगमा २०७१ वैशाख ७ गते काठमाडौं जिल्ला अदालतले कोइरालालाई सर्वस्वसहित जन्मकैदको सजाय सुनायो भने रेग्मीलाई एक वर्ष कैद ठहर गर्‍यो । जिल्ला अदालतले हत्याबाट नै गीताको मृत्यु भएको ठहर गरेको थियो । त्यसलाई तत्कालीन पुनरावेदन अदालत पाटनले पनि सदर गर्‍यो । मुद्दा सर्वोच्चमा आइपुग्यो ।

सर्वोच्चले सर्वस्वको फैसला बदर गरिदियो । जन्मकैदको सजाय गर्दा चर्को पर्न जाने भनी कोइरालाको पारिवारिक कारण देखाउँदै सजाय घटाइदिएको छ ।
यसले कतिपय घटनामा संल्गन नभएका मानिसहरु समेत जेलमा दशौं बर्ष बिताएको गुनासो सुनिदै आएको पृष्टभूमिमा प्रत्यक्ष जघन्य हत्या जस्तो मुद्धामा गरिएको यो फैसलाले गंभीर प्रश्न खडा गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ