दाई ! लाने हो ?

दाई ! लाने हो ?

  • आइतवार, साउन ४, २०७७
  • पदमकुमार श्रेष्ठ " अरबिन्द "

  • 59.2K
    SHARES

यस पृथ्वीमा जन्म लिईसकेपछि अघि होस् या पछि एउटा सम्बन्ध जोडेर सम्बोधन गरिने गरिन्छ।फगत त्यो आफ्नै आमाको कोखबाट नभएको किन नहोस् ।हिन्दु मान्यता र परम्परालाई आत्मसात गर्दै एकले अर्कालाई पुज्ने गरिन्छ।यस सम्बन्ध बिच आ-आफ्नै धार्मिक मूल्य र मान्यताहरु होलान्,  तैपनी यति निकट सम्बन्ध जहाँ एक-आपसमा आत्मियता,आफ्नोपन र सम्मानजनक साईनो दिदिबहिनी,दाजुभाई,दाजु-बहिनी  बिच हुन्छ। जिन्दगी जिउँदै अघि बढ्ने क्रममा भुलबस या समयको आवश्यकता अनुसार एक आपसमा टाढिने,नजिकिने या सम्बन्ध नै बिग्रने बाह्य तत्वको कारण बन्लान। जुन हाम्रो सामाजिक परिवेश यस्ता आत्मीय सन्सारमा पर्खाल लाग्ने,लगाउने र सम्बन्धलाई तहसनहस पारिएको र बनाईएका थुप्रै उदाहरणहरु यहाँ पेश गरिरहनु नपर्ला।

“कतिपय सम्बन्ध दाई-भाई बिचको हिंसाको कारण सम्पत्ति बन्न पुग्दछ भने, दिदिबहिनी बिचको सम्बन्ध आफ्नो लोग्ने सङ्ग बहिनी जोडिएर,कतिपय सम्बन्ध सासु-बुहारी  बिच अहमता सङ्ग भने कतिपय सम्बन्ध नन्द- भाउजु बिचको अपमानजनक खेल खेलेर टुङ्गिन्छ। तर जहाँ जस्तो भए पनि दाई भन्ने शब्द बिशेषत:स्त्री जातिको लागि सबैभन्दा प्यारो हो,आफ्नो आमा बुवा पछिको ।समय परिबेश र घटना क्रममा एउटा पुरुष र महिलाको फरक-फरक भूमिकाले गर्दा नै यहाँ मानव जीवन चक्रलाई पुर्ण गराउन पनि मद्दत पुगेको देखिन्छ।

“बिरानो ठाउँ जहाँ आफ्नो कोहि हुदैनन् ,जिन्दगीका संघर्षका सुरुवाती पाईलाहरु चाल्ने ठाउँमा जब कोहि आफन्त बनेर पैदा हुन्छन् नि हो त्यहिबाट सन्सार रमाइलो लाग्छ।आफ्नै लाग्छ,अनि भरोसाको डोरीलाई तन्काउदै अघि बढ्ने सङ्कल्प सहित हिम्मत बटुलिन्छ।यस्तै घटना भएको थियो पहिलो पटक राजधानी प्रवेश गर्दा। जो सुकैको पनि एउटा सपनाको सन्सार बन्दथ्यो- उतिबेला राजधानी काठमाडौं । लामो बसको यात्रापछि  थकित बन्दै ‘म’ गाउले केटो पनि पुरानो लामो दुई ढोका भएको बस चढेर काठमाडौं ओर्लेको थिए। सम्भवत: आफुलाई थाहा भए अनुसार त्यो नै पहिलो लामो बस यात्रा थियो। एक्लै थिए,यात्री बनेर बसमा चढेको। सुनेको थिए – बस भित्र पनि लेखिएको रैछ,”अपरिचित ब्याक्तिले दिएको कुनै पनि खानेकुरा नखानुहोला।”

बिस्तारै बस टि …टि… गर्दै लामो आवाज बजाउदै गुड्न थाल्यो। झ्यालबाट बाहिर हेर्न मिल्छ भन्ने ठानेर पछ्याउँदै जादा अन्तिम तिर भटियो बसियो। एउटा सिटमा दुई जना बस्नुपर्ने कुरा थाहै भएन र उक्त सिटको ब्यक्ति चाउचाउ किन्न झरेको बेला म छिरेको रहेछु। ओ! भाई यो त मेरो सिट हो,कता बस्नु भा’को? आफ्नो ठाउँमा गएर बस्नु। म पनि चुप्प नसुने झै गरि त्यही बस्दै भने- मेरो सिटमा म बसिराको छु त।अब कसको सिट? उहाँको पनि केही उपाय नलागेसी सङ्गै नकराईकन बस्नुभयो। आफू भने झ्याल बाहिर हेर्न भ्याई नभ्याई भाको महसुल गरिराछु। ति दिदिको अनुहार याद त छैन तै पनि ती शब्दहरु लामो यात्रा गरि विशेष झ्याल पट्टी बस्दा सम्झना बनेर आउँछ। जब जब गाडी हुईकिन्थ्यो तब तब गाडी भन्दा सडक छेउका रुखहरु जोडले हुइकिन्थ्यो । अनि भन्थ्यो यो बस भन्दा नि रुखहरु पो छिटो गुड्ने रैछ्न,अझ पाङ्ग्रा हाल्दिने हो भने त जुन अहिले बुझ्दैछु। बिचरा थाहा पनि कसरी पाउ त जिन्दगीमा पहिलोपटक गाडी त आज चढेको छु।

कलङ्की झराई पछि चोक नजिकै म:म कर्नर तिर आँखा पुग्यो। काठमाडौंको पाईला टेकाई सङ्गै यसको स्वाद पनि अदभूतको सुनेको थिए,लिईयो। भोक निकै लागिरहेको थियो- बस भित्र लेखिएको कुराले बस यात्रा भरी केही पनि नपरेको पेटमा थपिएको खाजाले केही राहत प्रदान गरेकै थियो तर पनि बसको सिट गुम्ने डरले ट्वाईलेट पनि जान रोकिएर यात्रा निकै कठिनाइ नै भयो।
बिस्तारै साझ पर्न लाग्यो। जाडोको मौसममा दिन छोटो हुने हुँदा  र चिसो हुने हुँदा  बस्ने ब्याबस्थापनको लागि बुझ्न एक जना आफन्ती दाईको अफिसमा नजीकैको किराना पसल बाट फोन गरे। फोनमा दाई तालीमको सिलसिलामा पोखरा जानुभएको र भोलि आउने जानकारी प्राप्त हुना साथ दिन भरिको पिडा भुल्दै  मनमा अर्को तनावले केही समय अब के गर्न? कहाँ जाने भन्ने चिन्ता लाग्यो।

जे- जस्तो भएपनि थकाइ नलागेको महशुस गर्दै एक रातको लागि बासको लागि गेस्ट हाउस तर्फ सोझिए। खाना त भर्खरै खाजा खाएकोले कोठा बुक गरे र झोला राखि एक छिन बाहिर रमाइलो हेर्न निस्किए। बिस्तारै साझ छिप्पिदै गयो। चिसो बढ्दै थियो भने गाडीहरु आ-आफ्नो गन्तव्य तर्फ लम्किरहेका देखिन्थे। आहा! झिलिमिली,कलङ्कीको आकाशे पुल बाट झन्  कस्तो देखिएला भन्दै पुल चड्न थाले। जिन्दगीमा रोड माथि आठ पट्टि भर्याङ्ग भएको आकर्षक पुल देख्दा मनै हर्ष बिभोर हुँदै थियो। त्यही माथी चढेर हेरिरहे। पुलबाट हिड्ने ,गाडीबाट हिड्ने उत्तिकै मानिसहरू देख्दा साच्चै राजधानी भन्या यस्तो पो हुदोरहेछ ।
एकछिन बाटो खाली हुनै नपाउने। अझ ठेलम ठेल गर्दै यो आकाशे पुलबाट हिड्नेहरु कुनै मेलामा हिडेका जस्तै । पुलको छेउ-छेउमा पसल पनि राखिने रहेछ। निकै रमाइलो लागिरहेको थियो।

अकस्मात् एक महिलाले नजिकै आएर भनिन् – जाने हो दाइ?एकछिन त म अक्क न बक्क भए अनि सोधे- बैनी,भर्खरै आको हो म,एक छिन पछि,कसको छोरी हौ? चिन्छौ र मलाई?उनले अलि ठूलो स्वरमा फेरि बोली- ह्या के सोधिरा को ? जम्मा आठ हजार त हो नि ! एक छिन त म ट्वा परेर हेरिरहे। हातमा राम्रै मोबाईल,मुखमा मास्क अनि मीठो सेन्टमा चिटिक्क परेर यस शहरमा यति साझ दाइ! सम्बोधनले आफन्त खोजिरहेको चेली सम्झे।

आकाशे पुलमा सल्बलाई रहेका मानिसहरु एक – आपसमा ठोक्किदै अगाडि बढिरहदा मैले उसलाई नियाली रहेको थिए।नयाँ ठाउमा मैले पनि आफन्त भेटे भन्ने लाग्यो। जोडले टुहु..टुहु.. गर्दै पिलपिल गरेको गाडी चोक हुँदै भित्र छिर्यो। ती युवती भने म तर्फ एकोहोरो हेर्दै मुस्कुराउदै रहेकि थिई। मैले चिन्नै सकिन बैनी ,अह! गार्हो भयो। मनमनै सोचे,नयाँ ठाउँमा दाई भनी चिनेको झै मुस्कुराउने युवती यति साझ अझ केटिहरु सङ्ग बोल्न लजाउने म सङ्ग चिनेरै त बोलेकी हो भन्ने ठाने,अनि सोधे अब  कता जाने?
प्रश्न सोध्न नपाउदै- होल नाईट हो राम्रो रुमको ब्यबस्था पनि छ।
सुनेको थिए- साझ पखको पाहुना भगवान सरह हुन्छ। त्यसैले मलाई ती युवतीले भगवान् सम्झी र त सोधी नत्र त यो नयाँ ठाउँमा दिनभर कसैले केहि त सोधेन। फेरि भनी- आज मैले एउटा ग्राहक भेटेको छैन,बरु पैसा र रुम मै मिलाउछु;प्रहरी देखि डराउन पर्दैन,आफ्नै सम्झे हुन्छ ।
म अक्क न बक्क हुँदै भने प्रहरी? मैले त भर्खरै रुम बुक गरेर आको छु। उनी झोक्किदै- कस्तो आलु जस्तै पाखे होला भन्दै ठेलिएर अघि बढिन र म हेरिरहे। अघि फेरि अर्को बूढो मान्छे सङ्ग कुरा गर्न थालिन् । एकछिन पछि ती दुबै हात समातेर अगाडि बढे।

यि आकाशे बैनिले गरेको कुरा घोरिएर सोच्न थाले। मेरो गाउँ तिर त मेलापात,गाउबेसी,पुजाआजा हेर्न जादा जाने हो दाई भनेर सोध्छन् । ढिला घर फर्कन पर्दा,अँध्यारो हुँदा आफ्नै गाउँ घर जानेलाई डरको कारण आफन्तलाई भनिन्थ्यो। साच्चै! काठमाडौं शहर त यस्तो पो रैछ। साझपख आठ हजारमा आफ्नो एक रात बेच्दो रहेछ। उमेर बूढो होस् या तन्नेरी, दाई सम्बन्धलाई ठुलै अन्याय गरेर शरीरको बिक्री गरिने कारण शब्दको आत्मियतालाई खल्लो बनाईदिइन।

फेरि पछाडी बाट अर्कि युवतिको मीठो स्वरमा दाइ! लाने हो ?
म झसङ्ग भए। भर्खरै एउटीले सातो लगेर गइ फेरि अर्को । हे! भगवान् म कहाँ फसे। लौ! बिताउने भयो भन्दै रोडतिर नसुने झै हेरिरहे।

दाइ! लानुस न,जम्मा सात सय त हो। दुईटा लग्दा अझै मिलाउछु। चिसो छ,न्यानो पनि हुन्छ के,निकै राम्रो पनि छ। एकपटक त हेर्नु,हेर्दैमा पैसा पर्दैन के।  एक्कासी रिस उठेर आयो र फरक्क फर्केर हप्काउने सोचले फर्किदा त बिचरी स्कुल पढ्ने जस्तो उमेरकी एउटा बहिनी दुई हातभरि गलबन्दी,मोजा र टोपी बोकेकी रहिछन् । मेरो रिसको पावर एक्कासी घट्यो। आफ्नै बहिनी देखे। यति चिसो समयमा आफुले नलगाई भनेनी समयको बाध्यताले यश काम गर्न थालेकी रहिछन् । एकछिन कुराकानी गरेपछि मैले गलबन्दि र टोपी लिने निधो गरे।

उनि भन्छिन् – दाई! यो काठमाडौं हो। केहि नगरी खान पाईदैन। अहिले स्कुल बिदा छ। फि तिर्नु पर्छ,किताब कापी किन्नु पर्छ। बाबा हुनुहुन्न,सानो भाइ छ। मम्मिले केही गर्न सक्नुहुन्न;बिरामी हुनुहुन्छ। यत्ति नगरे त कसरी बचिन्छ र दाइ।दुईटा गरेर हजारमा लग्नुस न दाइ प्लिज। टोपी त्यही बहिनीलाई लगाईदिए अनि गलबन्दी आफुले पनि त्यही लगाए। एक्कासी हल्ला चल्यो: भागौ-भागौ प्रहरी आयो। ति बहिनी आत्तिएर भनिन् – दाइ! छिटो गर्नुस् न प्रहरी आयो रे। खल्तिबाट निकाल्दै गर्दा नौ सय पचास तानेर दौडिदै भनी- बाकी पछि हिसाब गरौंला है दाइ।

म बिस्तारै ति बहिनी दौडिएको पाईलातिर हेरिरहे। कति गार्हो छ है काम गरेर खान काठमाडौंमा। हरेक आवश्यकतालाई पुरा गर्न हरेकले एउटा पेशा अपनाउनै पर्ने। आम्दानीको बाटो रोज्न के आफ्नो शरीर नै बेच्नुपर्छ र ? यि बहिनिले जस्तै बैकल्पिक उपाय अपनाउनै नसकिने हो र? अगाडिको आकाशे युवतीलाई यहि बहिनी अगाडि राखेर भन्नु मन थियो,दाईको नाता लगाएर यो व्यबसाय गर्न  छाड ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी