साउन ४ काठमाण्डौं । लागू औषध तथा नक्कली नोटको कारोबार गर्ने एक भारतीय र दुई जना नेपालीलाई लागू औषध नियन्त्रण ब्युरोले पक्राउ गरेको छ ।
बाराबाट मोटरसाईकल र अवैध नक्कली रुपैया १५ लाख ४४ हजार ४ सय, नक्कली भारतीय रुपैया एक लाख ४३ हजार ६ सय ५० सहित नियन्त्रणमा लिएको ब्युरोले जनाएको छ ।
पक्राउ पर्नेमा भारत मोतीहारी कुरैयाका २५ बर्षे सुधिर कुमार कुसवाहा, बारा सिम्रनगढ वडा नं ४ का मनोज शाह तेली, बारा आदर्शकोटवाल गाँउपालिका ६ पटेर्वाका ३० बर्षे नरेन्द्र प्रसाद कुसवाहा रहेका छन् ।
महागढीमाई .पा. २ बरियापुर स्थित सडक किनारमा ना.५४ प.३८०५ नंम्बरको मोटरसाईकलमा सेतो बोरामा उनीहरुले ती नक्कली नोट राखेर हिडेको अवस्थामा बिशेष सूचनाका आधारमा पक्राउ गरिएको ब्युरोले जानकारी दिएको छ ।
उनीहरुलाई थप अनुसन्धान र कार्बाहीका लागि जिल्ला प्रहरी कार्यलय बारामा राखिएको छ ।