खोकनावासीले फास्ट ट्रयाकविरुद्ध खुडोल पाँटमा रोपे धान

खोकनावासीले फास्ट ट्रयाकविरुद्ध खुडोल पाँटमा रोपे धान

  • शनिबार, साउन ३, २०७७
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

काठमाडौँ, ३ साउन । खोकनावासीले शनिवार खुडोल फाँटमा धान रोपेर र भटमासको बिउ छर्दै सांकेतिक विरोध गरेका छन् ।
यसअघि खुडोल फाँटमा धान रोप्न जाँदा प्रहरी र स्थानीयबीच झडप हुँदै आएकोमा शनिवार भने प्रहरीको उपस्थिती थिएन ।
खुडोल फाँट काठमाडौं–तराई जोड्ने द्रुतमार्ग (फास्ट ट्रयाक) को ‘जिरो किलोमिटर’हो । सो क्षेत्रको जग्गा सरकारले अधिग्रहण गरेको छ । तर, स्थानीयले भने मुआब्जा लिइसकेका छैनन् ।

उनीहरुले सरोकारवालासँग छलफल नै नगरि एकलौटी ढंगबाट तयार गरेको मुआब्जा स्वीकार नभएको, फास्ट ट्रयाकसँगै वाग्मती करिडोर, १ सय ३३ केभी प्रसारण लाइन, बाहिरी चक्रपथको विन्दु पनि खोकना फाँटमै पर्ने भएकाले मौलिक बस्तीको अस्तित्व सखाप हुने भन्दै विरोध जनाउँदै आएका छन् ।ऐतिहासिक धार्मिक एवम् सांस्कृतिक क्षेत्रमा धेरै आयोजना परेको भन्दै स्थानीय आक्रोशित छन् ।
यसअघि सोहि क्षेत्रमा धान रोप्ने क्रममा प्रहरी र स्थानीयवासीबीच झडप भएको थियो ।शनिबार भने बिहानै फास्ट्रयाकको प्रस्तावित ० किलोमिटरमा खोकनाबासीले बृहत रोपाइ गरे । जनसरोकार समिति खोकना, ललितपुर नै गठन गरेर स्थानीय आन्दोलित भएका हुन् । सयौंको संख्यामा खोकनाको सिकाली चौरमा भेला भएर  फाँटमा धान, मकै र भटमास रोपेका हुन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ