हरिनगरमा तस्करीको सामान ल्याउने युवाले शसस्त्रको हतियारै खोस्न खोजेपछि चल्यो गोली

हरिनगरमा तस्करीको सामान ल्याउने युवाले शसस्त्रको हतियारै खोस्न खोजेपछि चल्यो गोली

  • शनिबार, साउन ३, २०७७
  • असलम हुसेन

  • 9.7K
    SHARES

३ साउन हरिनगर । सुनसरीको हरिनगर गाउँपालिका ७ स्थित घुस्कीमा आज बिहान गोली चलेको छ । जसमा एक जना गंभीर घाईते भएका छन् । भारतबाट अवैध सामान ल्याउदै गरेको सामान नियन्त्रणमा लिन खोजे पछि सामान ल्याउने युवाहरुको समुहले शसस्त्रको हतियारै खोस्न खोजे पछि प्रहरीले बाध्य भएर गोली चलाएको बताएको छ । गोली लागेर स्थानीय युवा सुवाद अन्सारी घाईते भएका छन् । उनको पेटमा गोली लागेृको छ । अहिले बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उनको उपचार भईरहेको प्रहरीले जनाएको छ ।

सीमामा ड्युटीमा खटिएका सशस्त्र प्रहरीले उनीहरुले अवैध रूपमा ल्याएको सामान नियन्त्रणमा लिन खोजेपछि विवाद भएको बताएको छ ।
स्थानीय र सशस्त्र प्रहरीबीच विवाद भएको र सोही क्रममा स्थानीय ५ , ६ जना युवाको समूहले हतियार खोस्न खोजेपछि सोही क्रममा गोलि चलेको सीमा सुरक्षा बल सुनसरीका डिएसपी मित्रलाल श्रेष्ठले बताएका छन् ।

अवैध सामान ल्याउने समुहले कुटपि गर्दा ड्युटीमा खटिएका सशस्त्र प्रहरी जवान जीवराज बिसंखे घाइते भएको श्रेष्ठले बताए । अवैध रूपमा सामान ल्याउनेहरुले सशस्त्र प्रहरीमाथि आक्रमण र हतियार बचाउन प्रहरी प्रतिकारमा उत्रिएका हुन भन्ने सशस्त्र डिसपी श्रेष्ठले बताए ।

जीवराज बिसंखेको शसस्त्र प्रहरी आफ्नै अस्पताल पकलीमा उपचार भइरहेको छ । उनी खतरामुक्त रहेका छन् । घट्नाबारे स्थानीय र शसस्त्र प्रहरी विच वार्ताको तयारी भइरहेको स्थानीयले जानकारी दिएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ