निजी विद्यालयका शिक्षकलाई तलब नदिइने छाता सङ्गठनको निर्णयप्रति आपत्ति

निजी विद्यालयका शिक्षकलाई तलब नदिइने छाता सङ्गठनको निर्णयप्रति आपत्ति

  • शुक्रबार, साउन २, २०७७
  • मिर्मिरे अनलाइन

  • 7.5K
    SHARES

काठमाडौँ, २ साउन । निजी विद्यालय सञ्चालकका छाता सङ्गठनले गरेको शिक्षकहरुलाई बेतलबी घरबिदा दिने निर्णयपर्ती नेपाल शिक्षक महासङ्घले आपत्ति जनाएको छ ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल प्याब्सन र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएशन एन प्याब्सन ले आर्थिक सङ्कट परेको भन्दै गत असार ३१ मा अपिल जारी गरी सो घोषणा गरेका थिए ।

महासङ्घका अध्यक्ष बाबुराम थापाले आज विज्ञप्ति जारी गरी त्यस्तो निर्णय कानूनविपरीत भएको उल्लेख गर्दै विपद्को समयमा श्रमजीवी शिक्षक कर्मचारीलाई थप आवश्यक सहयोग गर्नुपर्नेमा उल्टो बेतलबी बिदा दिइनु अपत्तिजनक भएको जनाउनुभएको हो ।
अध्यक्ष बाबुराम थापाले हालसम्मको तलब सुविधा दिन र अनलाइनबाट पठनपाठनलाई नियमितता दिन निजी विद्यालयसँग आग्रह गर्नुभएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी