रेडियो नेपालद्धारा आयोजित खुल्ला आधुनिक गीत प्रतियोगिता (२०७२) मा दोश्रो भएको गीत सार्वजानिक भएको छ । गोपालचन्द्र राईको शब्द रचना, विक्रम राईको संगीत र सागर संसार राईको स्वरमा रहेको “रुँदा रुँदै हाँसेको मान्छे” म्यूजिक भिडियो आज सार्वजानिक भएको हो ।
कलाकार लक्ष्मी बर्देवा र जीवन भट्टराई लगायतका कलाकारहरुले भिडियोमा अभिनय गरेका छन् । “जेल पनि सहुँला” गीतको म्यूजिक भिडियो लकडाउनकै समयमा करिव डेढ करोड दर्शकले हेरेको थियो । उक्त भिडियोमा दुवै जोडी वर्देवा र भट्टराईले अभिनय गरेका थिए । लक्ष्मी र जीवनले केहि समय अघि मात्रै बिवाह गरेका हुन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline