अस्पताल सुधारमा बजेट विनियोजन

अस्पताल सुधारमा बजेट विनियोजन

  • शुक्रबार, साउन २, २०७७
  • मिर्मिरे अनलाइन

  • 3.6K
    SHARES

वाग्मती , २ साउन । वाग्मती प्रदेश सरकारले प्रदेशअन्तर्गतका अस्पतालको क्षमता विकास, सुधार तथा स्तरोन्नतिका लागि बजेट छुट्याएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयले आर्थिक वर्ष २०७७/७८ का लागि सो अस्पताल सहित प्रदेश अन्तर्गतका विभिन्न अस्पतालका लागि बजेट विनियोजन गरेको जनाएको छ ।

मन्त्रालयले दिएको जानकारीअनुसार धुलिखेल सामुदायिक अस्पतालमा रु ५० लाख, राजमार्ग सामुदायिक अस्पताल धादिङ मलेखुमा रु ३० लाख, नेशनल किड्नी सेन्टर वनस्थली काठमाडौँमा रु ३० लाख, नेपाल कुष्ठरोग निवारण सङ्घ दक्षिणकालीमा रु ३० लाख, हेटौँडा सामुदायिक आँखा अस्पतालमा रु ३० लाख र मनमोहन समुदायिक अस्पताल स्वयम्भुमा रु ३० लाख बजेट विनियोजन गरिएको छ ।

त्यस्तै मन्त्रालयले मकवानपुर, नुवाकोट तथा भक्तपुरका अस्पताललाई न्यूनतम सेवा मापदड सुधार गर्नेतर्फ रु २५÷२५ लाख बजेट विनियोजन गरेकोे छ । साथै कोरोना सङ्क्रमण नियन्त्रण प्रयोगशाला उपकरण खरिद गर्नका लागि रु एक करोड बजेट छुट्याइएको छ भने वाग्मती प्रदेशका ६६ निर्वाचन क्षेत्रमा स्वास्थ्य सेवा उपलब्ध गराउने योजनासमेत बनाइएको छ ।

प्रदेश सरकारले चालू आव २०७७/७८ मा हेटौँडा अस्पताललाई ३०० श्ययाको क्षमतामा स्तरवृद्धि गर्ने जनाएको छ । साथै भक्तपुर, सिन्धुली र त्रिशूली अस्पताललाई १००-१०० श्यया क्षमताको विष्टिकृत सेवासहितको अस्पताल निर्माण गर्ने, धादिङ र चौतारा अस्पताललाई ५०-५० श्यया क्षमताको अस्पताल बनाउने तथा रामेछाप र रसुवा अस्पतालाई २५-२५ श्यया क्षमताको अस्पताललाई स्तरोन्नति गरिने छ । साथै मन्त्रालयले स्वास्थ्य सेवातर्फका विभिन्न पदमा प्राविधिक स्वास्थ्य पदका लागि मागसमेत गरेको छ । स्थानीयबासी समाजसेवी हरिप्रसाद रिजालले हेटौँडा प्रदेशको राजधानी भए पनि गम्भीर बिरामीलाई उपचार गर्न हेटौँडा बाहिर पठाउनुपर्ने बाध्यता रहेको गुनासो गर्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ