सुत्केरी तथा गर्भवतीलाई पोषण सामग्री

सुत्केरी तथा गर्भवतीलाई पोषण सामग्री

  • शुक्रबार, साउन २, २०७७
  • मिर्मिरे अनलाइन

  • 3.8K
    SHARES

राजविराज, २ साउन । सप्तरीको राजविराज नगरपालिका– १४ स्थित मधेपुरामा ६० सुत्केरी तथा गर्भवतीलाई आज पोषण सामग्री वितरण गरिएको छ । नगरपालिकाका उपप्रमुख साधना झाले बहुक्षेत्रीय पोषण योजना कार्यक्रमअन्तर्गत त्यहाँका महिलालाई पोषणका सामग्री वितरण गर्नुभयो ।

नगरपालिका र युनिसेफको सहयोगमा सञ्चालित बहुक्षेत्रीय पोषण कार्यक्रमअन्तर्गत सुनौलो हजार दिनका प्रतिमहिलालाई कुखुराको अण्डा दुई क्रेट, चामल १० किलो, नुन दुई पोका, चना दुई किलो, खाने तेल दुई लिटर, साबुन दुई थानलगायत सामग्री वितरण गरिएको बहुक्षेत्रीय पोषण कार्यक्रमका सहजकर्ता रञ्जिताकुमारी यादवले जानकारी दिनुभयो ।

बहुक्षेत्रीय पोषण कार्यक्रमले विपन्न र सुनौलो हजार दिनका महिलाका व्यवहारमा परिवर्तन हुन थालेपछि उत्साहित हुँदै गएको नगरपालिका, बहुक्षेत्रीय पोषण योजना कार्यक्रमका स्थानीय स्रोत व्यक्ति एवं स्वास्थ्य शाखा प्रमुख निरञ्जन यादवले बताउनुभयो । राजविराज– २, ५ र १४ का सुत्केरी र गर्भवतीलाई पोषणका सामग्री वितरण गरिने योजनासमेत रहेको जनाइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ