साउन २ काठमाण्डौं । निरन्तर बर्षा पछि आएको पहिरोले कास्कीको माछापुच्छ्रे गाउँपालिका ८ खोराकोमुखस्थित पाखा भन्ने स्थानमा प्रेमराज बिकको घर पुरिंदा तीन जनाको मृत्यु भएको छ ।
सो पहिरोमा परेर प्रम्राज विकका नातिद्वय समिर विक, कुशल विक तथा नातिनी रेजिना विकको मृत्यु भएको स्थानीयले जनाएका छन् । हालसम्म २ जनाको शव भेटिएको छ भने बाँकी एक जनाको खोजी भैरहेको प्रहरीले जानकारी दिएको छ ।
रेजिना हिरालाल बिकको छोरी हुन् भने मिठु बिकको छोरा समिर बिक हुन्। अहिले पहिरोमा परेर बेपत्ता एक बालकको खोजी भैरहेको छ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline