धरान साउन २ । नेपालमा कोरोनाबाट मानिस मर्ने क्रम बढेको छ । गएराति बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एक कोरोना संक्रमितको मृत्यु भएको छ ।
कोरोना पोजेटिभ देखिए पछि प्रतिष्ठानमा उपचाररत एक जना संक्रमितको मृत्यु भएको प्रतिष्ठान स्रोतले जनाएको छ । मृत्यु हुनेमा सप्तरीको राजविराज नगरपालिका ६ निवासी ७३ बर्षिय बृद्ध रहेको विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रवक्ता डा. नितेस सापकोटाले जानकारी दिए ।
गएराति पौने १० बजे उनको मृत्यु भएको प्रवक्ता डा. सापकोटाले जानकारी दिए ।
उनी मुटु र मधुमेहको बिरामी रहेर सारै भए पछि प्रतिष्ठानमा असार ३१ गते भर्ना हुन आएका थिए ।
उनको शव अहिले प्रतिष्ठानको शव गृहमा राखिएको छ । शब व्यवस्थापन सम्बन्धि निर्देशीका बमोजिम उनको शब व्यवस्थापन गर्ने तयारी भएको पनि डा. सापकोटाले बताए ।
प्रतिष्ठानमा ११ जना कोरोना संक्रमित उपचाररत रहेका छन् ।