सञ्चारमाध्यम नवीकरण शुल्कमा पूरै छुट

सञ्चारमाध्यम नवीकरण शुल्कमा पूरै छुट

  • बिहिबार, साउन १, २०७७
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

काठमाडौँ, १ साउन ।सरकारले सञ्चार माध्यमहरुको नवीकरण शुल्कमा समेत छुट दिने निर्णय गरेको छ ।
गत असार २९ गते बसेको मन्त्रिपरिषद्को निर्णयका बारेमा जानकारी दिन आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा नेपाल सरकारका प्रवक्तासमेत रहनु भएका अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले सो जानकारी दिनुभएको हो ।

सोसम्बन्धी निर्णयको जानकारी नेपाल राजपत्रमा प्रकाशित भइसकेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्को बैठकले नवीकरण शुल्कमा छुट दिने निर्णय गरेको हो ।

‘राष्ट्रिय प्रसारण नियमावली, २०७७’, ‘रेडियो सञ्चार नियमावली, २०७७’ र ‘चलचित्र नियमावली २०७७’ संशोधन गरी सञ्चारमाध्यमले तिर्नुपर्ने नवीकरण शुल्क छुट दिने व्यवस्था गरिएको मन्त्री डा खतिवडाले जानकारी दिनुभयो ।

राष्ट्रिय जलस्रोत नीति स्वीकृत

यस्तै, सरकारले लामो समयपछि ‘राष्ट्रिय जलस्रोत नीति, २०७७’ स्वीकृत गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले उक्त नीति स्वीकृत गरेको हो ।

विशेष गरी पानीको उपयोग तथा संरक्षणका लागि उक्त नीति महत्वपूर्ण रहेको छ । सङ्घीय, प्रदेश तथा स्थानीय सरकारका बीचमा तालमेल मिलाएर जलस्रोतको अधिकतम उपयोग गर्ने विषय नीतिमा समावेश गरिएको छ । नीतिको पहिलो प्राथमिकतामा पानीलाई खानेपानी र घरेलु उपयोगलाई पहिलो प्राथमकितामा राखिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ