सत्ता जहिले पनि बन्दुकको आडमा टिक्न प्रयास गर्दछ । उसले बख्तरबन्द गाडी, बंकर, बिशाल सेना, संरचना बनाउछ र जनताको करबाट उठेको रकमको ठूलो हिस्सा खर्च गरेर दमनको अस्त्रको रुपमा प्रयोग गर्दछ । तर पनि ईतिहासले के देखाएको छ भने केवल बन्दुकले कहिल्यै पनि सत्तालाई संधै रक्षा गर्न सकेको छैन । रुस, चीन, क्युवा, भियतनाम लगायत संसारका धेरै देशहरुमा बन्दुकधारी सत्तालाई कम्युनिष्टको नेतृत्वमा जनताले परास्त गरीसकेका छन् ।
नेपालको राज्यसत्ताको पनि प्रमुख अस्त्र भनेको सेना हो । सेना र सुरक्षा संयन्त्रको आडमा दमनद्धारा नेपालमा पटक पटक फेरीएको सरकारले आफ्नो आयु लम्ब्याउने कसरत नगरेको हैन । तर १९९७ सालदेखि नै नेपालमा राणा शासन बिरुद्ध व्यवस्थित रुपले शुरु भएको क्रान्ति देखि दश बर्षे जनयुद्ध सम्म आईपुग्दा बन्दुकले जनताको आन्दोलन निमिट्यान्न पार्न सकेन र देशमा केही सुधारात्मक परिवर्तन भने भएको छ ।
तर ती आन्दोलनबाट स्थापित भएर पनि आफै फेरी दमनकारी शासक बनिदिदा जनताले आज सम्म परिवर्तनको वास्तविक अनुभव गर्न पाएका छैनन् । आन्दोलनकारी एक चरणमा जनताको पक्षमा हुन्छ तर जब उ सत्तामा पुग्छ उ फेरी अर्को दमनकारी भएर निस्कन्छ, फासीवादी भएर उदाउछ यो समस्या नै नेपालको राजनीतिक परिवर्तनको मुख्य बाधकको रुपमा देखा पर्दछ ।
आज एउटा कम्युनिष्ट नामधारी सत्ताधारी शक्तिले हिजो जनताको रगत बग्दा , जनयुद्धमा र जनआन्दोलनमा उठेका मागहरुलाई संवोधन गर्नु पर्छ, त्यसको विकल्प भनेको वैज्ञानिक समाजवाद हो भन्ने कुरा गरेर हिड्दा क्रान्तिकारी कम्युनिष्ट शक्तिमाथि प्रतिवन्ध लगाएको छ ।
पटक पटक प्रधानमन्त्री ओलीदेखि जनयुद्ध लडेर आएका गृहमन्त्री राम बहादुर थापादेखि अरु सम्मले नेपाल कम्युनिष्ट पार्टीलाई बन्दुकको भरमा ठेगान लगाउछु भनेर रटान लगाईरहेका छन् । यो भनेको उनीहरले आफ्नो दलाल सत्तामाथि आउन सक्ने संकटलाई टार्ने प्रयास हो जुन उनीहरुका लागि प्रत्युत्पादक हुने छ ।
हो निश्चयनै क्रान्तिको आधारभूत विकासमा समय लाग्न सक्ला तर नेकपा विद्यमान दलाल राज्य सत्ताको निम्ती स्पष्ट चुनौती हो । हामी यो व्यवस्था र बन्दुकको आडमा चल्ने शासनमाथि चुनौती दिन चाहन्छौँ ।
लोकतान्त्रिक गणतन्त्र भएको देशमा आफ्नो फरक राजनीतिबारे बसह गर्न पनि प्रतिबन्ध गर्नु कत्तिको जायज हो भन्ने कुरा यो दलाल सरकारले बुझ्नु पर्छ कि पर्दैन ?
जुन ब्यबस्थाप ल्याउन आफ्नो ज्यानको बाजि राखेर नितान्त देश अनि जनताको हितको लागि हिजो र आज उत्तिकै महत्वोपुर्ण भुमिका रहेका साथीहरू लाई जेल मा राखेर , ,जुन दिन तिम्रो टाउको को मुल्य तोक्नेहरुलाई सहपाटी बनाउदै अगाडि बढेकाहरुलाई अलि लाज त लाग्नु पर्ने हो । तर सत्ताको कान हुदैन त्यसैले यो सुन्न सक्दैन । यसको आखाँ हुदैन त्यसैले यसले यथार्थता देख्दैन । जसले बयल गाडा चढेर अमेरीका पुग्न सकिदैन भन्दै घरमा बसेर जनआन्दोलनको पनि रमिता हेरे, आज तिनैलाई गणतन्त्रको स्थीर शासक बनाउनु परेको छ । यसले नै संकेत गर्दछ कि नेपालको राज्यसत्ता जनअनुकुल छैन ।
बिड्बना भन्नु पर्दछ कि १७ हजार जनताका छोराछोरीको रगतको मुल्य स्वरुप आएको गणतन्त्रले तीनै क्रान्तिकारीलाई पाखा लगाएको छ , तीनै जनतालाई अपमान दिएको छ र ती शहीदहरुमाथि अपमान गरीरहेको छ । आफुलाई दुई तिहाइको सरकार भनेर दाबी गर्ने कथित कम्युनिस्ट सरकार जनताको मुख्य दुश्मन भएर आउने स्थिति देखा परीरहेको छ । कतै हत्या, कतै ,बलात्कार ,कतै भ्रष्टाचार त, कतै कान्डै कान्ड को सरकारले धेरै गफ दिन बन्द गरे हुन्छ जनताले राम्रोसँग तिम्रो नाङ्गो नाच देखिसके अब ।
फरक राजनिती गरेकै भरमा बिद्रोहि नेकपाका नेता ओम प्रकाश पुन सहितलाई महामारीको यस्तो समयमा समेत र सम्पूर्ण संघर्षका कार्यक्रम रोकेको समयमा समेत अकारण गिराफ्तार गरेर किन दुखः दिईरहेको छ ? के कटुवा पेस्तोल भिराएर मुद्धा चलाएर क्रान्तिकारीलाई गलाउन सकिन्छ ?
किन हामीलाई बाध्य पारिदैछ प्रतिरोधका निम्ती ? पुर्ब बाट जनमुक्ति सेना का पुर्व विर्गेड कमान्डर तथा नेकपाका नेता नन्द बहादुर बोहोरा क, जोखिम मोरङ उर्लाबारि आफ्नो घरमा बसिरहेको बेला गिराफ्तार गरि बिस्पोटक पदार्थ र हात हतियार सङ समातिए भनेर भ्रामक समाचार पेस गरेको छ । यी कुरालाई लिएर प्रहरिले ८वटा मुद्दा लगाउने तयारी गरेको छ यो सबै घटनाहरु हेर्दा राज्य जबरजस्त विप्लवमार्फत युद्धको घोषणा चाहन्छ । ताकि उसले आफ्नो आन्तरीक संकटलाई टार्न र धकेल्न अनि कमिसनखोरहरु लाई मालामाल बनाउने उदेश्यका निम्ती ।
युद्ध कसैको रहर होईन बाध्यताहो जहाँ दमन त्यहाँ अबिबार्य बिस्पोट हुन्छ । यो बिज्ञानको नियम हो । नशस्त्र कार्यकर्तालाई जबर्जस्त सस्त्र हुन किन बाध्य बनाईदै छ ? घरमा बसेका , बिरामी , व्यावसायिक काम गर्ने , विद्यार्थी , शिक्षक , कर्मचारी , प्राध्यापक,आस्था मात्र राख्ने आम जनसमुदाय लगायत कसैलाई पनि यो भ्रष्ट दलाल सरकारले बिद्रोही नेकपा को कार्यकर्ता भनेर पटक पटक पक्राउ गर्छ । हिरासतमा २५ र२६ दिन राख्छ अनि अदालतले साधारण तारिखमा छोड्छ तर पुलिस प्रशासनले अदालतको गेटबाटै फेरि पक्राउ गरि अर्को जिल्ला लैजान्छ । यस्तो निन्दनीय हर्कत कहिले सम्म चल्ने हो भ्रष्ट सरकार ?