काम शुरु भयो मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको

काम शुरु भयो मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको

  • बिहिबार, साउन १, २०७७
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

वाग्मती, १ साउन । वाग्मती प्रदेश सरकारले स्थापना गरेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले आफ्नो काम शुरुआत गरेको छ । प्रदेशका मुख्यमन्त्री तथा प्रतिष्ठानका कुलपति डोरमणि पौडेलले प्रतिष्ठानका काम कारवाही विधिवत् शुरु भएको जानकारी गराउनुभयो ।

प्रतिष्ठानको आज यहाँ सम्पन्न पहिलो सभामा उहाँले प्रतिष्ठान वाग्मती प्रदेशवासीको सपना तथा आफ्नो पहिलेदेखिकै चाहना भएको बताउनुभयो । उहाँले प्रतिष्ठानको उद्देश्य प्राप्तिका लागि समर्पित भएर काम गर्न मातहतका निकायलाई निर्देशन दिनुभयो ।

सो अवसरमा प्रदेशका सामाजिक विकासमन्त्री तथा प्रतिष्ठानका सहकुलपति युवराज दुलालले प्रतिष्ठानमा चाँडै उपकुलपति तथा रजिष्ट्रार नियुक्त गरी काम कारवाहीलाई अगाडि बढाइने जानकारी दिनुभयो । हेटौँडा अस्पताल आजबाटै प्रतिष्ठान मातहत आएको र प्रदेश मातहतका अन्य अस्पताललाई पनि प्रतिष्ठानमार्फत ल्याइने जानकारी दिनुभयो।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ