साउन १ काठमाण्डौं । नेपाल वायुसेवा निगमले आफ्ना चार पाइलटसहित १४ जना कोरोना संक्रमित उडान कर्मचारीको उपचारमा ह्याम्स अस्पतालको खर्च महंगो भएको भन्दै सोल्टी होटलमा सारेको छ ।
निगमले अस्पतालमा उपचार खर्च महंगो भन्दै सबै संक्रमितलाई सोल्टी होटलको आइसोलेसनमा सारेको हो ।
ह्याम्स अस्पतालले एक संक्रमित बराबर एकै दिनमा ३१ हजार सम्मको बिल देखाए पछि निगमले एक साता नवित्दै पाईलट सहित १४ संक्रमितलाई होटल सोल्टीमा स्थान्तरण गरेको छ ।
निगमले होटल सोल्टीमै मेडिकल टिम समेत खटाएको छ ।
शसस्त्र प्रहरीको बलम्बु स्थित अस्पतालमा राखिएका उनीहरु व्यवस्थापन राम्रो नभएको भन्दै बस्न नमाने पछि ह्याम्समा सारीएको थियो ।
करीब ५ दिन संक्रमितहरुलाई ह्याम्समा राखिएको थियो ।
सरकारले एउटा दर तोके पनि निजी अस्पतालहरुले मंहगो शुल्क लिने गरेको गुनासो बढीरहेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline