मन्त्री विश्वकर्माद्वारा पहिरोका घाइतेको जानकारी

मन्त्री विश्वकर्माद्वारा पहिरोका घाइतेको जानकारी

  • बिहिबार, साउन १, २०७७
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

कास्की,१ साउन । युवा तथा खेलकूदमन्त्री जगतबहादुर सुनारले गत असार २६ गते राति पोखरा महानगरपालिका–२५ सराङकोटमा गएको पहिरोमा परी घाइते भएकाको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र मणिपाल शिक्षण अस्पतालमा उपचार गराईरहेका घाइतेलाई भेटी उहाँले स्वास्थ्य अवस्थाबारे जानकारी लिई शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभयो ।

पहिरोले टङ्कबहादुर थापाको घर पुरिँदा पाँच जनाको ज्यान गएको थियो भने आठ जना घाइते भएकामा दुई जनाको मणिपाल तथा तीन जनाको हाल पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ । घटनामा घाइते भएका तीन जना भने उपचारपछि घर फर्किएका छन् । मणिपालमा रश्मी र आशा थापा तथा पश्चिमाञ्चल अस्पतालमा पिङ्की र पिरिसा थापा तथा सरस्वती श्रेष्ठको उपचार भइरहेको छ । त्यस अवसरमा मन्त्री विश्वकर्माले सरकारले घाइतेको निःशुल्क उपचारको व्यवस्था मिलाएको बताउँदै घरबार विहिन भएकालाई सुरक्षित आवास कार्यक्रमअन्तर्गत व्यवस्थापन गरिने जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ