घुस लिएको आरोपमा बाग्लुगंमा ईन्जिनियर र सिराहामा मेयरका छोरा पक्राउ

घुस लिएको आरोपमा बाग्लुगंमा ईन्जिनियर र सिराहामा मेयरका छोरा पक्राउ

  • बिहिबार, साउन १, २०७७
  • मिर्मिरे अनलाइन

  • 10.7K
    SHARES

साउन १ । बागलुङको ढोरपाटन नगरपालिकाका इञ्जीनियर मिलन अधिकारी एक लाख घुस लिएको अभियोगमा पक्राउ परेका छन् । उनलाई अख्यितार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयले पोखराको जिरो किलोमिटरबाट बुधबार साँझ रङ्गेहात पक्राउ गरेको जनाएको छ ।

ढोरपाटन नगरपालिकाको एक विकासे आयोजनाका उपभोक्ता समितिका पदाधिकारीसँग घुस लिँदै गरेको अवस्थामा उनी पक्राउ परेको अख्तियार पोखरा कार्यालयका प्रवक्ता मेघनाथ रिजालले बताउनु भयो ।

अधिकारी लामो समयदेखि पोखरामा बस्दै आएका थिए । घुस रकम लिएर सेवाग्राहीलाई अधिकारीले असार मसान्तको बहानामा पोखरा बोलाएको आयोगले जानकारी दिएको छ । आफूले गरेका काममा तलदेखि माथिसम्म सबैको चित्त बुझाउनुपर्ने भन्दै उनले रु एक लाख घुस मागेका थिए । सुराकीका आधारमा जिरो किलोमिटर पुगेको अख्तियारको टोलीले उनलाई रङ्गेहात पक्राउ गरेको रिजालले बताउनुभयो ।

यता सिरहाको कल्याणपुर नगरपालिकाको मेयर सूर्यनाथ मण्डलको छोरा सन्त मण्डल बुधबार दिउँसो ५ लाख रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन् । मण्डललाई अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय बर्दिवासको टोलीले लहान नगरपालिका २२ स्थित एक निर्माणधिन पेट्रोल पम्पबाट पक्राउ गरेको हो । मण्डलसँगै आएको उनका साथी जितेन्द्र महतोलाई पनि अख्तियारको टोलीले पक्राउ गरेको छ ।

अख्तियार बर्दिवास कार्यालयको सूचना अधिकारी मणीराज ज्ञवालीका अनुसार अख्तियारको टोलीले दुवैजनालाई योजना डिपिआर गरेको भुक्तानी विषयमा सेवाग्रहीसँग घुस लिँदालिँदै समातिएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ